Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नयाँ नागरिकता (वंशजको नाताले )

लाग्ने समय

प्रमाण पुरा भएकै दिन

शुल्क

निवेदनमा रु १०/-को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा राम दत्त जोशी - नागरिकता फाट (कोठा नं - नागरिकता)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नागरिकता शाखा
१- अनुसूची-१को फाराममा सम्बन्धित स्थानीय तहको वडा अध्यक्षको सिफारिस ।२- बाबु र आमाको नागरिकता (आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाणपत्र) र विबाहिता माहिला भए पतिको नागरिकता, विवाह दर्ता प्रमाण पत्र । सो नभए दाजु र नाता प्रमाणित पत्र ।३- बाबु, आमा वा  वंशजतर्फका तीन पुस्ताभित्रको नजिकको अभिभावक संगको नाता प्रमाणित सहित सनाखत।४- जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नावालक परिचयपत्र ।५- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ।६- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।७- बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्रख) जग्गाधनी प्रमाण पूर्जा, घर नक्सापास प्रमाणपत्र ।ग) स्थायी बसोबास (घर निर्माण स्वीकृति, बिजुलीको बिल, धारा पानीको बिल )ग) बसाई सरि आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।८- पितृत्व/मातृत्वको ठेगान नभएको व्यक्तिका हकमा :क) अनुसूची-१ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस ।ख) नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत ।ग) कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत ।घ) पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।

१-संलग्न कागजातहरु र अभिभावक सहित  नागरिकता फाँट मा पेश गर्ने ।

2

नयाँ नागरिकता (बैबाहिक अंगिकृत महिलाका लागि)

लाग्ने समय

प्रमाण पुरा भएकै दिन

शुल्क

निवेदनमा रु १०/-को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा राम दत्त जोशी - नागरिकता फाट (कोठा नं - नागरिकता)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नागरिकता शाखा
१- अनुसूची-७ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस२- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।३- विवाह दर्ता प्रमाण पत्र ।४- विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण ।५- पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता सहित पतिसंग नाता खुल्ने तिन पुस्ताभित्रका व्यक्तिको नागरिकता संलग्न राखी सनाखत ।६- अन्य मुलुकको भए राहदानी ।७- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।८- स्थानीय तहले चालचलन सम्बन्धी सिफारिस पत्र ।

सनाखत गर्ने पति सहित संलग्न कागजातहरु  नागरिकता शाखा मा पेश गर्ने ।

3

नयाँ नागरिकता (कर्मचारी परिवार)

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नागरिकता शाखा
१- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायीक विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको बहाल रहेको कर्मचारीको विवरण सहितको सिफारिस ।२- अनुसूची-१ बंशज र अनुसूची-७ वैवाहिक अंगिकृतको दुई प्रति स्थानीय निकायको सिफारिस फाराम ।३- बाबु आमा/ पतिको नेपाली नागरिकताको प्रमाण पत्र सहित सनाखत ।४- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति (बंशज) र ४ प्रति (वैवाहिक अंगिकृतका लागि)५- विवाहित महिलाको हकमा पतिको नागरिकता सहित विवाह दर्ता प्रमाण पत्र ।

सनाखत गर्ने पति सहित संलग्न कागजातहरु  नागरिकता शाखा मा पेश गर्ने ।

4

नागरिकता प्रतिलिपि (बंशज)

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा सुरेन्द्र बहादुर बोहरा - नागरिकता प्रतिलिपि फाँट (कोठा नं - प्रतिलिपि)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नागरिकता प्रतिलिपि
बैतडी जिल्लाको हकमा:अनुसूची फाराम सम्बन्धित स्थानीय निकायको सिफारिस र ३ प्रति फोटो।पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न‍. र जारी मिति अनिवार्य उल्लेख भएको ।नागरिकता प्रमाणपत्र नम्बर एवं जारीमिति खुलेको प्रमाण र सोको प्रमाणित प्रतिलिपि।धेरै पुराना नागरिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित पिता, आमा,दाजु, भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपिको हकमा:बसाइसराइ दर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि ।घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि ।जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।सक्कल नागरिकता भए सो नागरिकता ।कर्मचारी परिवारको हकमा :सम्बन्धित कार्यालयको सिफारिस पत्र ।जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।कर्मचारीको परिचय पत्रको फोटोकपी ।पतिको नामथर समावेश गरी प्रतिलिपि लिन :पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।विवाह दर्ता सक्कल तथा प्रतिलिपि ।अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।पहिले लिएको नागरिकताको सक्कल प्रमाणपत्र ।पुन: विवाह गरी हालको पतिको नामथर र वतन कायम गर्न ।सम्बन्ध विच्छेद गरेको अदालतको फैसलाको प्रमाणित प्रतिलिपि।सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम ।हालको पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।हालको पतिसंगको विवाह दर्ता प्रमाण पत्र ।पहिले लिएको सक्कल नागरिकता प्रमाण पत्र ।स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति 
5

नागरिकता प्रतिलिपि ( बैबाहीक अंगिकृत तथा जन्मसिद्ध )

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा सुरेन्द्र बहादुर बोहरा - नागरिकता प्रतिलिपि फाँट (कोठा नं - प्रतिलिपि)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नागरिकता प्रतिलिपि

अनुसूची फाराम सम्बन्धित स्थानीय तहबाट फोटो समेत प्रमाणित गरेको सिफारिस।
नागरिकता प्रमाणपत्र नम्बर एवं जारीमिति खुलेको प्रमाण र सोको प्रमाणित प्रतिलिपि।
बसाइसराई गरि आएका अन्य जिल्लाहरुबाट नागरिकता लिएका व्यक्तिको हकमा बसाइसराई प्रमाणपत्र, घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि । 
प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडान भएको प्रमाण प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।
6

नागरिकता परित्याग

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा सुरेन्द्र बहादुर बोहरा - नागरिकता प्रतिलिपि फाँट (कोठा नं - प्रतिलिपि)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नागरिकता प्रतिलिपि
सक्कल नागरिकताको प्रमाण पत्र ।सक्कल राहदानी ।अनुसूची ९ फाराम फोटो सहित ।विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाण पत्र तथा राहदानी वा नागरिक हुन चाहेको राष्ट्रबाट प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)
7

राहदानी (साधारण सिफारिस)

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा मदन सिह नेगी - राहदानी शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार राहदानी शाखा
१- रितपुर्वक भरिएको दरखास्त फाराम  ३ प्रति ।

२- नेपाली नागरिकतको प्रमाणपत्रको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपि (नागरिकता शाखाबाट नागरिकता प्रमाणपत्र भिडेको हुनु पर्नेछ ।)

३- नाबालकको हकमा नाबालक परिचय पत्र र निजका बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाणपत्र र सोको १ प्रति प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखितको सक्कल प्रति र संरक्षकको नागरिकता प्रमाण पत्र तथा प्रतिलिपि ।

४- हालै खिचिएको निर्धारित ढाँचा (MRP)फोटो ४ प्रति (गरगहना/टिका/सिन्दुरटिका नभएको र दुरुस्त फोटो हुनु पर्ने)।

५- पहिले राहदानी लिएको भए सोको सक्कल तथा प्रतिलिपि ।

६- राहदानी दस्तुर रु. ५०००/- तिरेको  सक्कल रसिद र १० बर्ष मुनिको नाबालकको हकमा रु.२५००/- (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रिएको भएमा दोब्बर दस्तुर लाग्ने छ।)

७- निवेदक स्वयं उपस्थित हुनु पर्ने ।

८- अन्यत्र जिल्लाबाट नागरिकता लिएर बसाइसराई गरी बैतडी जिल्लामा आउनेको हकमा:


स्थानीय पञ्जाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराई दर्ता प्रमाणपत्र।
जग्गाधनी प्रमाण पत्र सक्कल, पानीधारा, बिजुली महशुल बुझाएको सक्कल रसिद।
नागरिकता जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण प्राप्त हुनुपर्ने ।
अन्य जिल्लाबाट नाबालक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।


 ९- अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह बैतडीजिल्ला आएका महिलाहरुको हकमा


पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र ।
सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।


१०- बैतडी जिल्लामा कार्यरत सरकारी कर्मचारी र कर्मचारी परिवारको हकमा


सम्बन्धित कार्यरत निकायको सिफारिस पत्र
सम्बन्धित जिल्लाबाट नागरिकता प्रमाणपत्रकोअभिलेख भिडान प्रमाण र राहदानीको अभिलेख बुझिनेछ ।
अन्य जिल्लाबाट नाबालक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।
कर्मचारीको परिचयपत्रको १ प्रति प्रतिलिपि ।


११- राहदानीमा भएको विवरण संशोधन गर्ने कार्य :


MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।
साबिकको राहदानी सक्कल
8

राहदानी ( द्रुत Urgent सेवाको सिफारिस)

लाग्ने समय
शुल्क

निवेदन साथ रु. १० को टिकट

जिम्मेवार कर्मचारी/शाखा मदन सिह नेगी - राहदानी शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार राहदानी शाखा
द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने ।माथि साधारण राहदानीको महलको बुदाँ नं. ६ मा उल्लेखीत राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु ।पेश गरेका कागजातहरु सक्कल लिएर आउनु पर्ने ।द्रुत सेवा (Urgent Service) १,२,३ दिनको लागि राहदानी विभागमा जानु पर्नेछ ।
9

राहदानी(हराएको राहदानीको प्रतिलिपि पुन: प्राप्ति सम्बन्धि)

लाग्ने समय
शुल्क

निवेदन साथ रु.१० को टिकट

जिम्मेवार कर्मचारी/शाखा मदन सिह नेगी - राहदानी शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार राहदानी शाखा

साबिक राहदानीको १ प्रति प्रतिलिपि ।
विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट ।
द्रुत सेवाबाट सिफारिस भइ राहदानी विबागबाट राहदानी प्राप्त गरेकाको हकमा राहदानी विभागबाट अभिलेख बुझिनेछ ।
10

नाबालक परिचयपत्र तथा प्रतिलिपि

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार नाबालक परिचय पत्र सम्बन्धी

तोकिएको ढाँचामा स्थानीय तह वा सरकारी अधिकृतले सिफारीस गरेको सिफारिस।
बाबु र आमाको नागरिकता प्रमाणपत्रको र फोटोकपी ।
बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको र फोटोकपी ।
बच्चाको जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल र फोटोकपी।
संरक्षक भई आउने व्यक्तिको सक्कल नागरिकता प्रमाण पत्र र संरक्षक भएको प्रमाण सहित सनाखत ।
नाबालक संग नाता खुल्ने अभिभावकको फोटो समेतको नाता प्रमाणित ।


​बाहिरी जिल्लाबाट बसाइसराई गरी आएकाको हकमा :


बसाइसराई दर्ताको प्रमाण पत्र सक्कल तथा फोटोकपी ।
जग्गाधनी प्रमाणपत्र, पानी, घरको बिजुली महसुल बुझाएको रसिद ।


विदेशमा जन्म भएका नाबालकहरुको हकमा :


नेपाल बाहिर जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate
नेपाल आउदा प्रयोग भएको बच्चाको one way Travel Document वा राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको)
बच्चा लिएर आउने बाबुआमाको राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको)


कर्मचारी परिवारको हकमा :


कार्यरत कार्यालयको वा निकायको सिफारिस पत्र ।
बाबु आमाको नागरिकता अन्य जिल्लाको भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझिनेछ ।
11

सिफारिस तथा प्रमाणित

लाग्ने समय

अन्य निकायमा बुझ्नु पर्ने भएमा बाहेक सोही दिन

शुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
क) आदिवासी जनजाती 


आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको परिचयपत्र ।
सम्बन्धित स्थानीय तहको सिफारिस ।
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन।
नाबालक भए नाबालक परिचयपत्र सहित बाबु आमाको नागरिकताको प्रतिलिपि ।
स्थायी ठेगाना बैतडी जिल्ला बाहेक अन्य जिल्ला भए बसाइसराई दर्ता प्रमाणपत्र ।
कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र ।


ख) भारतिय पेन्सनरको पारिवारिक विवरण लगायतको सिफारिस


रित पुर्वकको निवेदन साथ पासपोर्ट साईजको २ प्रति फोटो ।
सम्बन्धित वडा कार्यालयको सिफारिस ।
निवेदकको नागरिकताको प्रमाण पत्रको सक्कल तथा फोटोकपी ।
पेन्सनपट्टाको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य कागजातहरु ।


ग) नाता प्रमाणित


सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस ।
नाता प्रमाणित गरिलिने सबैको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
नाता प्रमाणित गरिलिने सबैको पासपोर्ट साइजको २/२ प्रति फोटो ।
मृतकको हकमा मृत्यु दर्ताको प्रमाणपत्र ।
विवाहिताका लागि विवाहदर्ता प्रमाणपत्र र पेन्सनरको हकमा पेन्सनपट्टा ।
स्थानीय तहबाट भएको नाता प्रमाणित ।
रितपुर्वकको निवेदन । 


घ) नामथर, वतन प्रमाणित


सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस ।
पेन्सनपट्टा, शैक्षिक योग्यताका प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्रहरु ।
स्पष्ट मुखाकृति देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति ।
रितपुर्वकको निवेदन ।


ङ) पारिवारिक विवरण प्रमाणित


रितपुर्वकको निवेदन ।
सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस ।
पेन्सनपट्टा, शैक्षिक योग्यताका प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्रहरु ।
स्पष्ट मुखाकृति देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति ।
मृतकको हकमा मृत्यु दर्ताको प्रमाणपत्र ।
परिवारका सबै सदस्यहरुको नागरिकता प्रमाणपत्रको सक्कल एवं फोटोकपी नाबालकको हकमा नाबालक परिचयपत्र ।अन्य आवश्यक प्रमाणपत्रहरु ।


च) नामथर,जात, उमेर आदि स-सानो संशोधनका लागि सिफारिस


व्यहोरा खुलेको निवेदन ।
नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, विद्यालयको सिफारिस, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको सिफारिस ।
स्थानीय निकाय र प्रहरी प्रतिवेदन सिफारिस ।


(एस.ई.ई.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्‍ने व्यहोराको सिफारिस मात्र पाइने ।  )नोट: एस.ई.ई. दिएको ६ महिना भन्दा बढी भएमा उमेर सच्चिने छैन)

छ) एकै व्यक्ति सिफारिस (जन्ममिति, ठेगाना, नामथर, विचको हिज्जे आदि )


नागरिकता प्रमाणपत्र सहित व्यहोरा खुल्ने रितपुर्वको निवेदन ।
कुन-कुन कागजातमा विवरण फरक परेको हो सो को सक्कल र फोटोकपी ।
सम्वन्धित वडा कार्यालयको व्यहोरा खुलेको सिफारिस ।
आवश्यक्तानुसार प्रहरी प्रतिबेदन माग गर्न सकिने ।


ज) अन्य विवरण प्रमाणित


रितपुर्वकको निवेदन
स्थानीय निकायको विषयगत सिफारिस ।
सम्बन्धित कागजातहरुको सक्कल तथा फोटोकपी ।
निवेदकको नागरिकता प्रमाणपत्रको सक्कल तथा फोटोकपी ।
अन्य सम्बन्धित ऐन नियमानुसारका कागजात ।

कोठा नं.३ प्रशासन फाँट

12

संघ/सस्था दर्ता

लाग्ने समय

प्रमाण पुरा भए पछि आवश्यक जाँचबुझ सकेको भोलिपल्ट

शुल्क

निवेदनमा रु.१०/-को टिकट,

राजश्व रु.१०००/-

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार संघ संस्था (दर्ता, नविकरण, खारिजी)

संस्था दर्ताका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका पदाधिकारी र सदस्यको हस्ताक्षर भएको निवेदन ।
तदर्थ समितिका सबै पदाधिकारीको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी र स्थानीय तह (गाउँपालिका/नगरपालिका)को सिफारिस पत्र।
सफाँ संग A4  साइजको नेपाली कागजमा एकापट्टी मात्र टाइप गरेको प्रत्येक पानाको तल र माथि तदर्थ समितिका सबै पदाधिकारी र सदस्यको हस्ताक्षर गरेको विधान ३ प्रति (नेपाली कागजमा) र विधानको PDF Format मा Scan गरेको Soft copy समेत पेश गर्ने ।
संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नम्बर र फोटो  सहितको नामावली ।
संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।
तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनु पर्ने ।
संस्थाको कार्यालय रहने घरको बहालमा भए धरधनी संग गरिएको करारपत्र ।
संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।
संस्थाको नाम र उद्देश्यको बिषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायमा राय प्रतिक्रिया लिनुपर्ने भएमा सो को सिफारिस ।

कोठा नं.३ प्रशासन फाँट

13

संघ/सस्था नविकरण

लाग्ने समय

प्रमाण पुरा भएपछि अन्य निकायमा बुझ्नु पर्ने भएमा बाहेक सोही दिन

शुल्क

निवेदनमा रु.१०/-को टिकट र

राजश्व आ.व.को असोज मसान्त सम्म रु.५००/-,कार्तिक देखि पौष सम्म रु.६००/- र माघ देखि आसाढ सम्म रु.७५०/-

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला

संस्था नविकरणको लागि जिल्ला प्रशासनलाई सम्बोधन गरेको संस्थाको आधिकारिक निवेदन ।
विधानसम्मत साधारण सभाले चालु आ.व.को लेखापरीक्षक नियुक्ति, सम्बन्धित आ.ब.को सक्कल लेखापरिक्षण प्रतिवेदन,
लेखापरिक्षकको प्रमाण पत्र, PAN दर्ता प्रमाणको प्रतलिपी, लेखापरिक्षण प्रमाणपत्र (नविकरण समेत देखिने) र कर चुक्ताको प्रमाणपत्र समेत ।
बार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/ सचिवले प्रमाणित गरेको प्रतिलिपि ।
आन्तरिक राजश्व कार्यालय, भक्तपुरबाट कर फर्छौट भएको प्रमाण पत्र
सम्बन्धित आ.व.को लागि स्थानीय तहको सिफारिस पत्र सहित चालु आ.व.को कार्यक्रम र बजेटको प्रमाणित प्रतिलिपि ।
संस्थाको पान(PAN) दर्ता प्रमाणपत्र र संस्थाको प्रमाणपत्रको फोटोकपी ।
जिल्ला प्रशासन कार्यालयले स्विकृत गरेको संस्थाको विधानको प्रतिलिपि(PDF Format फाइल समेत) ।
संस्थाको लेटरप्याडमा वर्तमान कार्य समितिका प्रमाणित नामावली(निर्वाचन भएको भए मिति खुलाउने)।
कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारण /विषेष साधारण सभामा उपस्थितिको संख्याको विवरण ।
बालगृह सञ्चालन सम्बन्धित संस्था भए बालगृहमा सशुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस ।
बैदेशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए स्थानीयतहको कार्यक्रम सञ्चालनको स्थलगत अनुगमनको प्रतिवेदन सहितको सिफारिस ।

कोठा नं.३ प्रशासन फाँट

14

संस्थाको विधान संशोधन

लाग्ने समय

प्रमाण पुरा भइ प्रक्रिया पुरा भएमा सोहि दिन ।

शुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला

संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन ।
विधानमा संशोधन गर्न साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि ।
स्वीकृत सक्कल विधानको प्रतिलिपि १ थान, दर्ता प्रमाणपत्रको प्रतिलिपि(नविकरण देकीने)
तीन महले विधानको ३ प्रति प्रतिलिपी (संशोधन प्रस्तावितको)

कोठा नं.३ प्रशासन फाँट

15

संस्थाको शाखा खोल्ने सम्बन्धी कार्य

लाग्ने समय

प्रमाण पुरा भइ प्रक्रिया पुरा भएमा सोहि दिन ।

शुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला

संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन ।
संस्थाको कार्य समितिको निर्णय र सम्बन्धित स्थानीय तहको सिफारिस ।
स्वीकृत विधानको प्रतिलिपि १ थान र दर्ता प्रमाणपत्र(नविकरण देखिने)।

कोठा नं.३ प्रशासन फाँट

16

पत्र पत्रिका दर्ता

लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

शुल्क

निवेदनमा रु.१०/- को टिकट,

दैनिक पत्रिका रु.१०००/-,

अर्धसाप्ताहिक रु.७००/-,

साष्ताहिक रु.५००/-,

पाक्षिक रु.३००/-,

मासिक र अन्य पत्रपत्रिकाको लागि रु.२००/-

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
क) प्रकाशक बारे


तोकिएको ढाँचाको निवेदन ।
प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी ।
प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्विकृत विधानको प्रतिलिपि, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, लेखापरिक्षण प्रतिवेदन, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि ।
संचालकहरु सबैको नागरिकताको फोटोकपी ।
प्रहरी चालचलन प्रतिवेदन ।


ख) सम्पादक बारे ।


सम्पादकको शैक्षिक योग्यताको एस.एस.सी./एस.इ.इ., देखी स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी उत्तिण गरी पत्रकारीतामा १०(दश)बर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाण पत्रहरुको फोटोकपी ।
सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र।
सम्पादकको नागरिकताको प्रतिलिपी ।
पत्रिकामा सम्पादक पदमा रहि काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा पत्र ।

कोठा नं.३ प्रशासन फाँट

17

छापाखाना संचालन सम्बन्धी

लाग्ने समय

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने ।

शुल्क

निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुर

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला

छापाखाना दर्ता प्रमाण पत्रको प्रतिलिपि
कुनै संस्था संचालक रहेको भए संस्थाको संचालकहरुको निर्णयको प्रतिलिपि,स्वीकृत विधानको प्रतिलिपि र व्यक्तिको भए फोटो ५/५ प्रति,
मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,
छापाखाना संचालन गर्नेको नागरिकता र घर जग्गाको प्रतलिपि, घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज,
छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, छापाखाना रहने स्थानको नक्सा ।

कोठा नं.३ प्रशासन फाँट

18

छापाखाना दर्ता

लाग्ने समय

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

शुल्क

निवेदनमा रु.१०/- को टिकट र दस्तुर रु १०००/-

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला

अनुसूची १ बमोजिमको ढाँचामा फोटो सहितको निवेदन ।
नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी ।
शैक्षिक योग्यता प्रमाणपत्रहरुको फोटोकपी एस.एल.सी./एस.ई.ई. देखी माथीको ।
चालचलन सम्बन्धित प्रहरी प्रतिवेदन ।

कोठा नं.३ प्रशासन फाँट

19

हातहतियार सम्बन्धी

लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

शुल्क

निवेदनमा रु.१०/- को टिकट नियमावलीमा तोकिए बमोजिम राजश्व

जिम्मेवार कर्मचारी/शाखा अनिल घरडी - प्रसाशन शाखा (कोठा नं - प्रशासन)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
क) हातहतियार इजाजत आवेदन


सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्र सहितको निवेदन ।
निरोगिताको प्रमाण पत्र
स्थानीय निकायको सिफारिस पत्र ।
संचालकको चालचलन बुझिनेछ ।


ख) हातहतियार नामसारी


सम्बन्धित व्यक्तिको निवेदन
नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत ।
स्थानीय निकायको सिफारिस ।
सम्बन्धित व्यक्तिको निरोगिताको प्रमाण पत्र
प्रहरि कार्यालयबाट चालचलन बुझिनेछ ।


ग) हातहतियार नविकरण


सम्बन्धित व्यक्तिको निवेदन
इजाजत पत्रको सक्कल र प्रतिलिपि
नागरिकता प्रमाण पत्रको प्रतिलिपि
वारेस मार्फत भए मन्जुरीनामा सहित बारेसको नागरिकता प्रमाणपत्र ।


घ) हातहतियार इजाजत पत्रको प्रतिलिपि 


सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन ।
नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
फोटो प्रमाणित सहित स्थानीयतहको सिफारिस ।
हराएको इजाजतपत्रको हकमा प्रहरी प्रतिवेदन सहित सिफारिस।

कोठा नं.३ प्रशासन फाँट

20

शान्ति सुरक्षाको निवेदन सम्बन्धी

लाग्ने समय

तुरुन्त

शुल्क

निवेदनमा रु.१०/- को टिकट

जिम्मेवार कर्मचारी/शाखा कमलेश भट्ट (Employee Of The Month (असार महिना) - मुद्दा शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा तथा मुद्दा शाखा
सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन ।

मुद्दा फाँट

21

गुनासो वा ठाँडो उजुरी

लाग्ने समय

तुरुन्त

शुल्क

निवेदनमा रु.१०/- को टिकट

जिम्मेवार कर्मचारी/शाखा कमलेश भट्ट (Employee Of The Month (असार महिना) - मुद्दा शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा तथा मुद्दा शाखा
सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन ।

कोठा नं.११ मुद्दा फाँट

22

अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी

लाग्ने समय

तुरुन्त

शुल्क

निवेदनमा रु.१०/- को टिकट

जिम्मेवार कर्मचारी/शाखा कमलेश भट्ट (Employee Of The Month (असार महिना) - मुद्दा शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा तथा मुद्दा शाखा

निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरि कुन निकाय वा संस्थामा, कसले के-कस्ता अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन ।
अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।

कोठा नं.११ मुद्दा फाँट

23

मुद्दा सम्बन्धी

लाग्ने समय

निवेदन दर्ता, म्याद थप्ने कार्य तुरुन्त हुनेछ अन्य निमयानुसार

शुल्क

प्रचलित कानुन बमोजिम

जिम्मेवार कर्मचारी/शाखा कमलेश भट्ट (Employee Of The Month (असार महिना) - मुद्दा शाखा
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा तथा मुद्दा शाखा
क) जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ 


पक्राउ गर्न प्रहरी वृतले बाटोको म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टा  भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।


ख) म्याद थप


सम्बन्धित प्रहरी वृत्तले थुनुवा सहित मुद्दाफाँट प्रमुख समक्ष पेश गर्ने ।


ग) मुद्दा दर्ता/बयान/ थुनछेक आदेश/ म्याद जारी


प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तिमा डेढ घण्टा पहिले उपस्थित गराईएको हुनुपर्ने ।
फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट वतन, र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने ।


घ) म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने


सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनुपर्ने ।


ङ) तारेखमा बोलाउने/ तारेख थाम्ने


तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने ।
पटक पटक वा एक पटक बढीमा २१ दिन तारेख थाम्न पाईने भएकोले सो को लागि रु. १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।


च) फैसला तयार गर्ने


प्रमुख जिल्ला अधिकारीको आदेशानुसार ।


छ) प्रमाणित प्रतिलिपि दिने 


मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नु पर्नेछ।


ज) सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधीउपचार दिलाई भराई दिने ।


दुर्घटना पुष्टि हुने मुचुल्का सहितका कागजातहरु ( सम्बन्धित प्रहतिबाट), घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्यु दर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने ।
सवारी धनी तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, आख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने ।


झ) दणड जरिवाना असुल गर्ने :


प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।


ञ) विगो भराउने दिलाउने


मुद्दा किनारा भई पुनरावेदन अवधी नाघेको हुनु पर्ने ।
सम्बन्धित जाहेरवाला, घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने ।
प्रतिवादी फरार रहेको/ धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने ।


ट) धरौटी फिर्ता


यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन दिनु पर्ने ।
नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति ।
राष्ट्रिय बाणिज्य बैंक को खाता नम्बर सहितको विवरण खुलेको निस्सा २ प्रति ।


ठ) सदरस्याहा


प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

कोठा नं.११ मुद्दा फाँट

24

राष्ट्रिय परिचय पत्र सम्बन्धमा

लाग्ने समय

रित पुगी आएका निवेदन का लागि फोटो चिख्‍न र विवरण इन्ट्रिका लागि समय लिएकै दिन

शुल्क

निशुल्क

जिम्मेवार कर्मचारी/शाखा राम दत्त भट्ट - राष्ट्रिय परिचयपत्र
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा
१- नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल र नक्कल)

२-आमा, बुबा र बाजेको नागरिकता अनिवार्य रुपमा (सक्कल र नक्कल)

३-विवाहित को हकमा पति/पत्निको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण पत्र (सक्कल र नक्कल)

४-बसाईसराइ गरिएको भए (अन्तर वडा समेत) सो को प्रमाण पत्र (सक्कल र नक्कल)

५-शैक्षिक प्रमाण पत्रहरु (सक्कल र नक्कल)

६-आमा बुवा नभएका को हकमा संरक्षक प्रमाण पत्र र साक्षीहरुको नागरिकताको प्रमाणपत्र (सक्कल र नक्कल)

७-संरक्षक प्राकृतिक व्यक्ति नभएको हकमा सो संरक्षक संस्थाको प्रमाण पत्रहरु (सक्कल र नक्कल)

८-राहदानी लिएको भए सक्कल/नकक्ल

९-नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र (राहदानी, जन्मदर्ता, शैक्षिक योग्यताका प्रमाणपत्र, कर्मचारीको संचयकोष प्रमाण पत्र, सिटरोल) सो नभए गाउँपालिका / नगरपालिको  सिफारिस (सक्कल)

१-शुद्ध र स्पष्ट भरिएको आवेदन फाराममा कोठा नं. २ बाट रुजु गर्ने ।

२-आफ्नो सम्पूर्ण सक्कल कागजातहरु सहित कोठा नं. ७ सात बाट  विवरण दर्ता गर्ने ।

३-कोठा नं. ७ बाट दिएको कन्फर्मेसन पेजलाई पुनः कोठा नं. २ बाट रुजु भए पछि कोठा नं. ७ सातमा गई स्क्यान गर्ने ।

४-स्क्यान भएको कन्फर्मेसन पेज मा तपाईको NID नम्बर सहितको पत्र सुरक्षित राख्‍ने ।

25

CIMS विवरण सम्बन्धी

लाग्ने समय
शुल्क

नागरिक एपबाट प्राप्त निवेदन बाहेक निवेदन मा रु १० को टिकट। 

जिम्मेवार कर्मचारी/शाखा सुरेन्द्र देब भट्ट - कम्प्युटर शाखा (कोठा नं - प्रवेशद्वारबाट बायाँ तर्फ ग्यालरी)
गुनासो सुन्ने अधिकारी राजमणी निरौला
नागरिक वडापत्रको प्रकार CIMS व्यवस्थापन शाखा
१- सक्कल नागरिकता सहित परेको समस्या/दुविदा/गुनासो स्पष्ट खुलेको निवेदन

२- आवश्यकता अनुसारका कागजात प्रमाण पत्रका सक्कल सहित प्रतिलिपि ।

३- नागरिक एपबाट स्पष्ट कागजात सहित अनुरोध पठाउन सकिने छ ।

४- कार्यालयबाट मागभएका कागज पत्र सहित दिईएका निर्देशनहरु पालना गर्नु पर्ने ।

रित अनुसारको निवेदन माथि निर्णय प्रक्रिया पुगे पछी कार्य प्रारम्भ गरिने छ । CIMS विवरण संसोधन भएको एक हप्ता सम्म संसोधित विवरण देखा पर्ने छ ।

पछिल्लो अपडेट गरिएको : 2083-04-05 08:29:48

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी