Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

मुद्दा सम्बन्धी

शुल्क

प्रचलित कानुन बमोजिम



लाग्ने समय

निवेदन दर्ता, म्याद थप्ने कार्य तुरुन्त हुनेछ अन्य निमयानुसार

कागजातहरु

क) जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ 

  1. पक्राउ गर्न प्रहरी वृतले बाटोको म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टा  भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।

ख) म्याद थप

  1. सम्बन्धित प्रहरी वृत्तले थुनुवा सहित मुद्दाफाँट प्रमुख समक्ष पेश गर्ने ।

ग) मुद्दा दर्ता/बयान/ थुनछेक आदेश/ म्याद जारी

  1. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
  2. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तिमा डेढ घण्टा पहिले उपस्थित गराईएको हुनुपर्ने ।
  3. फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट वतन, र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने ।

घ) म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने

  1. सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनुपर्ने ।

ङ) तारेखमा बोलाउने/ तारेख थाम्ने

  1. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने ।
  2. पटक पटक वा एक पटक बढीमा २१ दिन तारेख थाम्न पाईने भएकोले सो को लागि रु. १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।

च) फैसला तयार गर्ने

  1. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार ।

छ) प्रमाणित प्रतिलिपि दिने 

  1. मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नु पर्नेछ।

ज) सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधीउपचार दिलाई भराई दिने ।

  1. दुर्घटना पुष्टि हुने मुचुल्का सहितका कागजातहरु ( सम्बन्धित प्रहतिबाट), घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्यु दर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने ।
  2. सवारी धनी तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, आख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने ।

झ) दणड जरिवाना असुल गर्ने :

  1. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।

ञ) विगो भराउने दिलाउने

  1. मुद्दा किनारा भई पुनरावेदन अवधी नाघेको हुनु पर्ने ।
  2. सम्बन्धित जाहेरवाला, घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने ।
  3. प्रतिवादी फरार रहेको/ धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने ।

ट) धरौटी फिर्ता

  1. यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन दिनु पर्ने ।
  2. नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति ।
  3. राष्ट्रिय बाणिज्य बैंक को खाता नम्बर सहितको विवरण खुलेको निस्सा २ प्रति ।

ठ) सदरस्याहा

  1. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।


प्रक्रियाहरु

कोठा नं.११ मुद्दा फाँट

जिम्मेवार कर्मचारी/शाखा
बाल कुमार यादव -

मुद्दा शाखा
(कोठा नं - 11)

गुनासो सुन्ने कर्मचारी
राजेन्द्रदेव पाण्डे
पछिल्लो अपडेट गरिएको : 2080-02-08 05:28:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी

Powered By: ProActive Developers