मुद्दा सम्बन्धी
शुल्क
प्रचलित कानुन बमोजिम
लाग्ने समय
निवेदन दर्ता, म्याद थप्ने कार्य तुरुन्त हुनेछ अन्य निमयानुसार
कागजातहरु
क) जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ
- पक्राउ गर्न प्रहरी वृतले बाटोको म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
ख) म्याद थप
- सम्बन्धित प्रहरी वृत्तले थुनुवा सहित मुद्दाफाँट प्रमुख समक्ष पेश गर्ने ।
ग) मुद्दा दर्ता/बयान/ थुनछेक आदेश/ म्याद जारी
- प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
- अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तिमा डेढ घण्टा पहिले उपस्थित गराईएको हुनुपर्ने ।
- फरार प्रतिवादीको ३ पुस्ते विवरण, स्पष्ट वतन, र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने ।
घ) म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने/ पेशी तोक्ने
- सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनुपर्ने ।
ङ) तारेखमा बोलाउने/ तारेख थाम्ने
- तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने ।
- पटक पटक वा एक पटक बढीमा २१ दिन तारेख थाम्न पाईने भएकोले सो को लागि रु. १० को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने ।
च) फैसला तयार गर्ने
- प्रमुख जिल्ला अधिकारीको आदेशानुसार ।
छ) प्रमाणित प्रतिलिपि दिने
- मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपि लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नु पर्नेछ।
ज) सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधीउपचार दिलाई भराई दिने ।
- दुर्घटना पुष्टि हुने मुचुल्का सहितका कागजातहरु ( सम्बन्धित प्रहतिबाट), घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्यु दर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिस सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने ।
- सवारी धनी तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, आख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने ।
झ) दणड जरिवाना असुल गर्ने :
- प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
ञ) विगो भराउने दिलाउने
- मुद्दा किनारा भई पुनरावेदन अवधी नाघेको हुनु पर्ने ।
- सम्बन्धित जाहेरवाला, घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनु पर्ने ।
- प्रतिवादी फरार रहेको/ धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनु पर्ने ।
ट) धरौटी फिर्ता
- यस कार्यालयबाट भएको फैसलामा चित्त बुझी पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन दिनु पर्ने ।
- नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति ।
- राष्ट्रिय बाणिज्य बैंक को खाता नम्बर सहितको विवरण खुलेको निस्सा २ प्रति ।
ठ) सदरस्याहा
- प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
प्रक्रियाहरु
कोठा नं.११ मुद्दा फाँट
