Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ नागरिकता (वंशजको नाताले )

शुल्क

निवेदनमा रु १०/-को हुलाक टिकट



लाग्ने समय

प्रमाण पुरा भएकै दिन

कागजातहरु

१- अनुसूची-१को फाराममा सम्बन्धित स्थानीय तहको वडा अध्यक्षको सिफारिस ।

२- बाबु र आमाको नागरिकता (आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाणपत्र) र विबाहिता माहिला भए पतिको नागरिकता, विवाह दर्ता प्रमाण पत्र । सो नभए दाजु र नाता प्रमाणित पत्र ।

३- बाबु, आमा वा  वंशजतर्फका तीन पुस्ताभित्रको नजिकको अभिभावक संगको नाता प्रमाणित सहित सनाखत।

४- जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नावालक परिचयपत्र ।

५- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ।

६- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।

७- बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र

ख) जग्गाधनी प्रमाण पूर्जा, घर नक्सापास प्रमाणपत्र ।

ग) स्थायी बसोबास (घर निर्माण स्वीकृति, बिजुलीको बिल, धारा पानीको बिल )

ग) बसाई सरि आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।

८- पितृत्व/मातृत्वको ठेगान नभएको व्यक्तिका हकमा :

क) अनुसूची-१ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस ।

ख) नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत ।

ग) कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत ।

घ) पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।



प्रक्रियाहरु

१-संलग्न कागजातहरु र अभिभावक सहित  नागरिकता फाँट (काेठा नं. ५) मा पेश गर्ने ।

गुनासो सुन्ने कर्मचारी
राजेन्द्रदेव पाण्डे
पछिल्लो अपडेट गरिएको : 2080-05-17 19:48:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी

Powered By: ProActive Developers