संघ/सस्था दर्ता
शुल्क
निवेदनमा रु.१०/-को टिकट,
राजश्व रु.१०००/-
लाग्ने समय
प्रमाण पुरा भए पछि आवश्यक जाँचबुझ सकेको भोलिपल्ट
कागजातहरु
- संस्था दर्ताका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका पदाधिकारी र सदस्यको हस्ताक्षर भएको निवेदन ।
- तदर्थ समितिका सबै पदाधिकारीको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी र स्थानीय तह (गाउँपालिका/नगरपालिका)को सिफारिस पत्र।
- सफाँ संग A4 साइजको नेपाली कागजमा एकापट्टी मात्र टाइप गरेको प्रत्येक पानाको तल र माथि तदर्थ समितिका सबै पदाधिकारी र सदस्यको हस्ताक्षर गरेको विधान ३ प्रति (नेपाली कागजमा) र विधानको PDF Format मा Scan गरेको Soft copy समेत पेश गर्ने ।
- संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नम्बर र फोटो सहितको नामावली ।
- संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।
- तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनु पर्ने ।
- संस्थाको कार्यालय रहने घरको बहालमा भए धरधनी संग गरिएको करारपत्र ।
- संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।
- संस्थाको नाम र उद्देश्यको बिषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायमा राय प्रतिक्रिया लिनुपर्ने भएमा सो को सिफारिस ।
प्रक्रियाहरु
कोठा नं.३ प्रशासन फाँट
