Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शुक्रबार, असार १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी (साधारण सिफारिस)

शुल्क



लाग्ने समय

कागजातहरु

१- रितपुर्वक भरिएको दरखास्त फाराम  ३ प्रति ।

२- नेपाली नागरिकतको प्रमाणपत्रको सक्कल प्रति र सोको १ प्रति प्रतिलिपि (नागरिकता शाखाबाट नागरिकता प्रमाणपत्र भिडेको हुनु पर्नेछ ।)

३- नाबालकको हकमा नाबालक परिचय पत्र र निजका बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाणपत्र र सोको १ प्रति प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखितको सक्कल प्रति र संरक्षकको नागरिकता प्रमाण पत्र तथा प्रतिलिपि ।

४- हालै खिचिएको निर्धारित ढाँचा (MRP)फोटो ४ प्रति (गरगहना/टिका/सिन्दुरटिका नभएको र दुरुस्त फोटो हुनु पर्ने)।

५- पहिले राहदानी लिएको भए सोको सक्कल तथा प्रतिलिपि ।

६- राहदानी दस्तुर रु. ५०००/- तिरेको  सक्कल रसिद र १० बर्ष मुनिको नाबालकको हकमा रु.२५००/- (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रिएको भएमा दोब्बर दस्तुर लाग्ने छ।)

७- निवेदक स्वयं उपस्थित हुनु पर्ने ।

८- अन्यत्र जिल्लाबाट नागरिकता लिएर बसाइसराई गरी बैतडी जिल्लामा आउनेको हकमा:

  • स्थानीय पञ्जाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराई दर्ता प्रमाणपत्र।
  • जग्गाधनी प्रमाण पत्र सक्कल, पानीधारा, बिजुली महशुल बुझाएको सक्कल रसिद।
  • नागरिकता जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण प्राप्त हुनुपर्ने ।
  • अन्य जिल्लाबाट नाबालक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।

 ९- अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह बैतडीजिल्ला आएका महिलाहरुको हकमा

  • पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र ।
  • सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

१०- बैतडी जिल्लामा कार्यरत सरकारी कर्मचारी र कर्मचारी परिवारको हकमा

  • सम्बन्धित कार्यरत निकायको सिफारिस पत्र
  • सम्बन्धित जिल्लाबाट नागरिकता प्रमाणपत्रकोअभिलेख भिडान प्रमाण र राहदानीको अभिलेख बुझिनेछ ।
  • अन्य जिल्लाबाट नाबालक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।
  • कर्मचारीको परिचयपत्रको १ प्रति प्रतिलिपि ।

११- राहदानीमा भएको विवरण संशोधन गर्ने कार्य :

  • MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।
  • साबिकको राहदानी सक्कल


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
मदन सिह नेगी -

राहदानी शाखा
(कोठा नं - 9)

गुनासो सुन्ने अधिकारी
राजमणी निरौला
पछिल्लो अपडेट गरिएको : 2083-03-11 20:01:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .