Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शनिबार, आश्विन ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ कार्यक्रम सम्पन्न

१ घण्टा अगाडी २०८३-०६-०३

d2454e28_9107_47be_86a6_1da3b751fe3a.jpeg तस्बिर :

आज मिति २०८३ असोज ३ गते प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको नेतृत्वमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ सबै तहका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका कर्मचारीहरु, दशरथचन्द माध्यमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरू लगायत नागरिक समाजको गरिमामय उपस्थितिमा जिल्ला सदरमुकाममा भव्यताका साथ विविध कार्यक्रमहरूको आयोजना गरी दिवस मनाइएको छ। कार्यक्रममा स्थानीय छलिया बाजागाजाका साथ गोठलापानी बजारबाट प्रारम्भ भएको प्रभातफेरीमा सहभागीहरूले संविधान दिवससँग सम्बन्धित चेतनामूलक तथा सन्देशमूलक नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गर्दै गढी बजारसम्म परिक्रमा गरेका थिए। त्यसपश्चात् गढीस्थित अमर सहिद दशरथचन्दको सालिकमा माल्यार्पण गरी सहिदहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरियो। साथै, सालिक स्थलमा आयोजित सभामा आमन्त्रित विशिष्ट व्यक्तित्वहरूले संविधानको मर्म, नेपालको संवैधानिक विकासक्रम र यसको प्रभावकारी कार्यान्वयनबारे आ-आफ्नो महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो। औपचारिक कार्यक्रमको समापनपश्चात् स्थानीय मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले देउडा खेलको भव्य आयोजना गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-03 14:11:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी