संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को पहिलो दिनको कार्यक्रम सम्पन्न
१८ घण्टा अगाडी
२०८३-०६-०२
तस्बिर :
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको संयोजकत्वमा आज मिति २०८३ असोज २ गते बिहान राष्ट्रसेवक निजामती कर्मचारी तथा सुरक्षा निकायका कर्मचारीहरूको सहभागितामा बैतडी जिल्ला सदरमुकामस्थित जगन्नाथ बाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममार्फत सार्वजनिक स्थल तथा धार्मिक सम्पदाको संरक्षण, सरसफाइ र स्वच्छता प्रवर्द्धनका साथै राष्ट्रिय दिवसलाई रचनात्मक तथा सामाजिक उत्तरदायित्वमूलक गतिविधिका रूपमा मनाइएको छ।
