लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवालाहरुसंगको समन्वय बैठक सम्पन्न
७ घण्टा अगाडी
२०८३-०६-१३
तस्बिर :
आज २०८३।०६।१३ गते प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा जिल्लामा लागु औषध नियन्त्रण सम्बन्धी छलफल तथा समन्वय बैठक सम्पन्न भयो। बैठकमा जिल्लाभित्र लागु औषधको बढ्दो प्रयोग र सम्भावित कारोबारलाई कडाइका साथ नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरूका बारेमा छलफल गरियो।
