जिल्ला प्रशासन कार्यालय, बैतडीमा कार्यरत कर्मचारीहरूको बैठक सम्पन्न
तस्बिर :
आज मिति २०८३।०६।०१ गते जिल्ला प्रशासन कार्यालय, बैतडीमा कार्यरत कर्मचारीहरूको बैठक सम्पन्न भयो। बैठकमा कार्यालयको समग्र कार्यसम्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने सम्बन्धमा आवश्यक छलफल तथा विचार विमर्श गरिएको थियो। साथै, कार्यालयमा हालै आउनुभएका नयाँ कर्मचारीहरूलाई स्वागत तथा कार्यालयबाट बिदा भई जानुभएका कर्मचारीहरूलाई विदाई गरिएको थियो।
यसै अवसरमा कार्यालयको कार्यसम्पादनमा देखाएको कार्यकुशलता, लगनशीलता र जिम्मेवारीप्रतिको समर्पणको कदरस्वरूप भाद्र महिनाको “Employee of the Month” का रूपमा ह.स.चा. श्री दीपक दत्त पन्तलाई छनौट गरी प्रमुख जिल्ला अधिकारीज्यूबाट खादा लगाई सम्मान गरिएको थियो।
