Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचनाको हक सम्बन्धी ऐनको संरक्षण, सम्बर्द्धन र प्रचलन सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न

2076-02-31

2076-02-31


आज मिति २०७६ जेठ ३१ गतेका दिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सूचनाको हक सम्बन्धी ऐनको संरक्षण, सम्बर्द्धन र प्रचलन सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । यसमा राष्ट्रिय सूचना आयोगका श्रीमान प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा ज्यूको प्रमुख आतित्थता रहेको थियो । बिशिष्ट अतिथिमा श्रीमान सचिव मणिराम ओझा ज्यू राष्ट्रिय सूचना आयोग र जिल्ला समन्वय समितिका प्रमुख रहनु भएको थियो । नगरपालिकाका प्रमुखहरु, जि.स.स.का उपप्रमुख, गा.पा. अध्यक्ष, नगरपालिका उपप्रमुखहरु, गा.पा. उपाध्यक्ष लगायतका स्थानीय तहको सहभागिता रहेको थियो ।थप सहभागिहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुखहरु, सूचना अधिकारीहरु, नागरिक समाजका अध्यक्ष, स्वतन्त्र विचार मञ्चका सदस्यहरु, नेपाल वार एसोसियसनका पदाधिकारीहरु, उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघका सचिव, गैर सरकारी महासंघका प्रतिनिधि, अन्तरपार्टी महिला सञ्जाल, जिल्ला स्तरिय दलित संयन्त्र, राजनितिक दलहरुका प्रतिनिधि, शिक्षक शिक्षिकाहरु, स्थानीय तहका प्रवक्ताहरु, पत्रकारहरु पनि सो कार्यक्रममा सहभागी थिए ।80 जना सहभागी रहेको यस कार्यक्रममा २२ जनाले सम्बोधन गरेका थिए भने ९ जनाले अन्तरक्रियामा भाग लिएका थिए ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .