पुर्व मनसुन विपद् तयारी FOOD BANK स्थापना सम्बन्धमा जि.प्र.का. र उद्योग बाणिज्य संघ, बैतडी बीच भएको समझदारी पत्र, २०७६
2076-02-10
2076-02-10
पुर्व मनसुन विपद् तयारी
FOOD BANK स्थापना सम्बन्धमा जि.प्र.का. र उद्योग बाणिज्य संघ, बैतडी बीच भएको
समझदारी , २०७६
विपद् नियोजित हुदैन । यसले नियमित संरचनाहरुमा क्षति पुर्याउँछ । सङ्कटको घडीमा एकातिर सुरक्षित बसोबासस्थल र लत्ता कपडाको अभाव हुन्छ भने अर्कोतिर खाद्य सङ्कट देखा पर्दछ । देशैभरको अनुभवले Logistic Support मा प्रशस्त सहयोगी हात जुटेको पाइन्छ। तर खाद्य पदार्थको आपुर्तिमा अधिक कमजोरी रहेका पाइन्छन् । त्यसैले, मानिसको प्राण रक्षाको लागि खाद्य पदार्थ पुर्ति गरिनु चुनौतीपुर्ण कार्य रही आएको छ । यही बिषयको गंभीरतालाई मनन गरी विपद् पछिको सङ्कट सामना गर्नको लागि जि.प्र.का. र उद्योग बाणिज्य संघ, बैतडी बीच देहायका सर्त सम्झौतानुसार काम गर्ने गरी समझदारी पत्र गरिएको छ ।
- उद्योग बाणिज्य संघ, बैतडीले खाद्य पदार्थ आपुर्तिकर्ताको छनौट गर्ने छ । छनौटबाट उत्सव सप्लायर्सका प्रोपाइटर श्री उदिप प्रसाद लेखकलाई यो जिम्मा दिइने छ । निजले FOOD BANK को stock लाई मौज्दातका रुपमा नराखी POOL का रुपमा राखेका हुनेछन् ।
- यो समझदारी अनुसार प्रति व्यक्ति (५ बर्षमाथी)का लागि ३ दिन पुग्ने गरी खाद्यान्नको व्यवस्था गरिने छ । जसमा १ के.जि. च्युरा, ३ प्याकेट चाउचाउ, ३ गोटा बिस्कुट र आधा के.जि. दालमोठ साहितको प्याकेट उपलब्ध गराइने छ ।
- बुदां नं. २ मा उल्लेखित प्रति प्याकेटको जम्मा मूल्य रु.२००प्रति व्यक्ति हुनेछ। साथै, विपद्मा परेका ५०० व्यक्तिका लागि जम्मा रु.१,००,०००/-खर्च हुनेछ । ५० जना भन्दा बढी विपद्मा परेको अवस्थामा मात्र यस्तो प्याकेट उपलव्ध हुनेछ ।
- बुदां नं. १ मा तोकिएका प्रोपाइटरले विपद्को समयमा उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको संयुक्त आग्रहमा विपद् प्रभावित क्षेत्रमा खाद्यान्नको प्याकेट तत्काल उपलब्ध गराउनेछन्। यस वर्ष २०७६/७७ मा विपद्मा परेका ५०० व्यक्ति सम्मको लागि हुने खर्च उद्योग बाणिज्य संघ, बैतडीले व्यहोर्नेछ ।
- उद्योग बाणिज्य संघले सबै न.पा./गा.पा.मा बुदां नं. २ मा उल्लेख भएबमोजिम खाद्यान्न बैंक स्थापनाको लागि जिल्ला समन्वय समितिसंग समन्वय गरी प्रोपाइटरको छनौट गर्न सक्ने छन् ।
