मिति २०७६/०१/१७ गते डिलाशैनी गा.पा. र सिगास गा.पा.मा एकिकृत घुम्ति सेवा सिविर संचालन गर्ने सम्बन्धी बैठक
2076-01-22
2076-01-22
मिति २०७६/०१/१७ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षता र जि.स.स. प्रमुख श्री सिद्धराज भट्ट ज्यू को प्रमुख आतिथ्यतामा डिलाशैनी गा.पा. र सिगास गा.पा.मा एकिकृत घुम्ति सेवा सिविर संचालन गर्ने सम्बन्धी बैठकबाट देहायको निर्णय पारित गरि सम्पन्न गरियो ।
निर्णय :
- २०७६/०१/२८ गते देखि २०७६/०२/०२ सम्म बैतडी जिल्लामा तपसिलका स्थानहरुमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा देहाय बमोजिमका कार्यालयहरुले आ-आफ्नो काम, कर्तव्य र अधिकार बमोजिमको सेवा उपलब्ध गराउने गरी एकिकृत घुम्ती सेवा शिविर संचालन गर्ने निर्णय गरियो ।
- जिल्ला प्रशासन कार्यालय :- नयाँ नागरिकता जारी गर्ने (प्रतिलिपी बाहेक) ।
- जिल्ला प्रहरी कार्यालय :- शान्ती सुरक्षा प्रदान गर्ने एवं सामुदायिक प्रहरीको अवधारणा, महिला/उजुरी सम्बन्धी परामर्श ।
- घरेलु तथा साना उद्योग विकास समिति :- उद्योग दर्ता सम्बन्धी परामर्श सेवा प्रदान गर्ने ।
- जिल्ला हुलाक कार्यालय :- टिकट विक्री गर्ने व्यवस्था मिलाउने ।
- भेटनरी अस्पताल, पाटन :- पशु स्वास्थ्य परिक्षण एवं औषधी वितरण गर्ने ।
- जिल्ला निवार्चन कार्यालय :- फोटो सहितको मतदाता नामावली संकलन गर्ने ।
- सुख्खा फलफूल विकास केन्द्र :- सिजन अनुसारका फलफुलका विउ बिजन वितरण, वुकलेट/पर्चा पम्पलेट वितरण गर्ने ।
- डिभिजन वन कार्यालय :- वन्यजन्तु तथा वन सम्पदा संरक्षण सम्बन्धी परामर्श सेवा, वन्य जन्तु हिडने यसको अवैध ओसारपसार सम्बन्धी कानूनी परामर्श दिने ।
- कृषि ज्ञान केन्द्र बैतडी :- सिजन अनुसारका विउ बिजन वितरण, पर्चा पम्पलेट, वुकलेट वितरण गर्ने ।
तपसिल : एकिकृत घुम्ती सेवा संचालन हुने स्थानहरु
- डिलाशैनी गाउँपालिकाको केन्द्र (साविक रुद्रेश्वर) :- मिति २०७६ बैशाख २८ र २९ गते
- सिगास गाउँपालिकाको केन्द्र गर्जे :- मिति २०७६ जेठ १ र २ गते
- सेवाग्राहीलाई एकिकृत शिविर (टोली) आउने सम्बन्धी सूचना, सेवा संचालन हुने स्थानको एकिन गरी सोको सूचना जिल्ला स्थित सबै FM बाट प्रशारण गराउने, सेवा संचालन गर्ने स्थलको विद्युत, पानी, इन्टरनेट आदि व्यवस्थापन गर्न सम्बन्धित गाउँपालिकामा अनुरोध गर्ने समेत निर्णय गरियो ।
- उक्त एकिकृत घुम्ती सेवा शिविर संचालनका लागि आवश्यक पर्न सक्ने फोटोकपी हुने व्यवस्थाका साथै फोटो खिच्ने सेवाको उचित व्यवस्थापनका लागि उद्योग वाणिज्य संघ बैतडीलाई अनुरोध गर्ने ।
- ऐ २९ गतेको बिहान सार्वजानिक सुनवाई गर्न व्यवस्था मिलाउन हुन जि.स.स. मार्फत डिलाशैनी गा.पा.लाई अनुरोध गर्ने ।
- मिति २०७६/१/२१ गतेका दिन एकिकृत घुम्ति शिविर संचालन हुने गा.पा.हरु डिलाशैनी तथा सिगासका वडा अध्यक्ष/वडा सचिव सबैलाई नागरिकता सम्बन्धी तालीम जिल्ला प्रशासन कार्यालयमा संचालन गर्ने ।
