Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७६/१/१६ गते "जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि दलित अधिकार प्रबर्द्धन सम्बन्धी जिल्ला स्तरीय संयन्त्र" को बैठक

2076-01-22

2076-01-22


मिति २०७६/०१/१६ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको संयोजकत्व, जि.स.स. प्रमुख श्री सिद्धराज भट्ट ज्यू को प्रमुख आतिथ्य र मानव अधिकार आयोगका जातीय भेदभाव र छुवाछुत अन्त्य राष्ट्रिय अभियानको सदश्य सचिव दिपक नेपालीको अतिथ्यतामा "जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि दलित अधिकार प्रबर्द्धन सम्बन्धी जिल्ला स्तरीय संयन्त्र" को बैठकबाट तपशिलको निर्णय गरि सम्पन्न गरीयो ।

निर्णय:

  1. नेपालको संविधान २०७२ को धारा ३१मा शिक्षा सम्बन्धी मैलिक हकको व्यवस्था गरिएको छ र सो संविधान को धारा ३१(२)मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हक हुने व्यवस्था भए बमोजिम जिल्ला स्थित सबै सार्वजनिक विद्यालयमा यो व्यवस्था कार्यान्वयन गर्न नगरपालिका/गाँउपालिका र शिक्षा विकास तथा समन्वय इकाइलाई अनुरोध गर्ने ।
  2. सबै न.पा./गा.पा. लाई जातिय भेदभाव र छुवाछुत अन्त्य सम्बन्धी घटनाको छुट्टै अभिलेख राख्न तथा त्यस्तो प्रकारको जघन्य फौजदारी मुद्दा न्यूनिकरण गर्न गरिएको प्रयास, योजना, कार्यक्रम बनाई लागु गर्न जिल्ला समन्वय समिति मार्फत अनुरोध गर्ने ।
  3. जिल्ला प्रहरी कार्यालय र मातहतका निकायले जातिय विभेद र छुवाछुत अन्त्य सम्बन्धी घटनाको छुट्टै अभिलेख राख्ने व्यवस्था मिलाउने ।
  4. जातिय विभेद र छुवाछुत अन्त्य गर्न दलित अधिकार प्रवर्द्धन सम्बन्धी कार्यविधि,२०७३ बमोजिम प्रमुख जिल्ला अधिकारी संयोजक रहने संयन्त्रमा तपसिल बमोजिमका सदस्यहरु मनोनयन गरिएको छ ।
    • श्री पार्वती भुल, वडा सदश्य दशरथचन्द न.पा.-४,
    • श्री सरस्वती नेपाली, दशरथचन्द न.पा.-४,
    • श्री सुशिला सिह चन्द, दशरथचन्द न.पा.-४,
    • श्री करन दयाल, मेलौली न.पा.-७,
    • श्री रमेश कोली, पाटन न.पा.-५ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .