Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय प्रमुखहरुको बैठक

2076-02-30

2076-02-30


मिति २०७६ जेठ २९ गते बिहान ११ बजे बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा  एवं प्रतिनिधिसभा सदस्य माननिय दामोदर भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा बैतडी जिल्लाका कार्यालय प्रमुखहरुको बैठक बसी तपशिल बमोजिमको एजेण्डाहरु माथि अन्तरक्रियात्मक छलफल गरि  निम्न निर्णय गरियो ।

एजेण्डा :

  1. सरकारी कार्यालयहरुको चालु आ.व.०७५/७६ को हाल सम्मको कार्य प्रगति समिक्षा ।
  2. कार्य सम्पादनको सिलसिलामा भोग्नु परेका व्यवहारिक तथा नीतिगत समस्या वारे ।

छलफल एवं निर्देशन :

  1. पूर्व अर्थ राज्य मन्त्री एवं प्रतिनिधि सभाका सदस्य माननीय दामोदर भण्डारी ज्यू एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य द्वय माननीय लिलाधर भट्ट ज्यू र माननीय प्रेमप्रकाश भट्ट ज्यूको समुपस्थितिमा यस जिल्लाका कार्यालय प्रमुख ज्यूहरुबाट आ–आफ्नो कार्यालयको प्रगति विवरण पेश गर्नुका साथै कार्य सम्पादनको सिलसिलामा भोग्नु परेका व्यवहारिक तथा नीतिगत समस्या प्रस्तुत गरी उक्त विषयमा अन्तरक्रियात्मक छलफल गरियो ।
  2. जिल्लाका कार्यालयहरुको कार्य प्रगति माथि अन्तरक्रियात्मक छलफल पछि पूर्व अर्थ राज्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय दामोदर भण्डारी तथा प्रदेश सभा सदस्य द्वय माननीय लिलाधर भट्ट ज्यू र माननीय प्रेमप्रकाश भट्ट ज्यूबाट प्रभावकारी सेवा प्रवाह र योजनाहरुको आर्थिक तर्फ कम्तिमा ६०% प्रगतिका लागि प्रतिवद्ध भएर कामकाज गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन भयो ।

निर्णय :

  1. आगामी असार ५ गतेको कार्यालय प्रमुखहरुको बैठक नहुने जानकारी दिइयो र आगामी श्रावण १५ गते भित्र सबै कार्यालयहरुले वार्षिक प्रगती प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्था गर्ने निर्णय भयो ।
  2. आर्थिक वर्षको बाँकी अवधिमा कार्यालय प्रमुख लगायत सबै कर्मचारीहरुले समयको उच्च सदुपयोग गर्दै, कतिपय योजनामा देखिएका स-साना विवाद सुल्झाउदै कार्य सम्पादन गर्न अधिकतम प्रयास गर्ने निर्णय भयो।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .