Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय प्रमुखहरुको बैठक

2076-02-10

2076-02-10


मिति २०७६/२/५ गते प्रमुख जिल्ला अधिकारी श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठक बसी देहायको निर्णय पास गरि कार्यान्वयनका तर्फ जिल्ला स्थित सबै कार्यालय प्रमुखहरु  द्वारा प्रतिबद्धता समेत गरियो ।

निर्णयहरु :

  • सबै कर्मचारीहरुले तोकिएको पोशाक अनिवार्य लगाउने, कार्यालयको सूचना अधिकारी तोकि तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिने, कार्यालय प्रमुखको अनुमतिविना कुनै पनि काम भोलि नसारिने  र हरेक कार्यालयले प्रत्येक महिना एउटा नबीनतम कार्य गर्ने निर्णय सर्वसम्मतीबाट गरियो ।
  • बिकास निर्माणसँग सम्बद्ध कार्यालयहरुले उपभोक्ता समितिको गठनमा हुने विवादको Proactive भई समाधान गर्ने निर्णय गरियो ।
  • खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय र स्थानीय तहहरुले बजार अनुगमनमा थप पहल गर्ने निर्णय गरियो ।
  • स्थानीय तहले संघीय सरकार वा प्रदेश सरकारलाई बजेटको अख्तियारी दिएको विषयमा “आफ्नो” तहको क्षेत्राधिकारमा एकीन गरी कार्यान्वयन गर्न ध्यानाकर्षण गरियो ।
  • जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाको मस्यौदा तयार गर्न क्लष्टर सम्बन्द्ध सरकारी कार्यालयहरुले क्षेत्राधिकारको एकीन गर्न र सुझाव दिन अग्रसरता लिने र स्थानीय तहका पालिकाहरुले विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने निर्णय गरियो  ।
  • जिल्ला स्थित सबै कर्मचारीहरुले  सार्वजनिक विदाको दिनमा गाडीको पास लिई मात्र कार्य क्षेत्रमा खटिनुपर्ने निर्णय गरियो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयबाट पठाईएका पत्रहरुको अनिर्वाय रुपमा तत्काल/यथासिघ्र कार्यालयले जवाफ  प्रतिउत्तर पठाउने निर्णय सर्वसम्मतिबाट गरियो ।
  • चालु आ.व.को पुँजीगत योजनाहरुको भौतिक र वित्तीय प्रगति हासिल गर्न कार्यालयहरुले अधिकत्तम प्रयास गर्ने र मिति २०७५अषाढ ०५ गते बस्ने कार्यालय प्रमुखहरुको बैठकमा सबै कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयबाट सम्पादन गरेको कार्यहरको प्रगति विवरणका साथै एउटा नविनत्तम कार्यको विवरण पेश गर्ने निर्णय गरियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .