Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७६/०१/०७ गते बैतडी जिल्ला स्थित पालिका तहका प्रमुख, वडा अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम

2076-01-22

2076-01-22


मिति २०७६/०१/०७ गते प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षता र जि.स.स. प्रमुख श्री सिद्ध राज भट्ट ज्यू को प्रमुख आतिथ्यतामा बैतडी जिल्ला स्थित पालिका तहका प्रमुख, वडा अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरु संगको परिचयात्मक एवं अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरियो ।

  • विपद् जोखीम न्युनिकरणका लागि पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धमा :

निर्णय : बैतडी जिल्ला आगलागी, डढेलो, पहिरो, चट्याङ्ग, बाढी जस्ता प्रकोपहरुको उच्च जोखिममा रहेको हुदा त्यस्ता जोखिमहरुको न्युनिकरण तथा व्यवस्थापन गर्न स्थानीय तहहरुले आ-आफ्नो क्षेत्रको विपद् जोखिम स्थानहरुको पहिचान गरि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७६ तत्काल निर्माण गर्ने र सो को योजना जिल्ला प्रशासन कार्यालयमा पठाउने । यसरी प्राप्त योजनालाई अन्य सरोकारवाला गै.स.स./नागरिक समाज, रेडक्रस र सार्वजानिक निकायहरु समेतको छलफल र परामर्शको आधारमा बैतडी जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ तयार गर्ने सहमती गरियो ।

  •  स्थानीय पूर्वाधार बिकास कार्यक्रम सम्बन्धमा :

निर्णय : यस बैतडी जिल्लाका स्थानीय तहहरुले सभाबाट स्विकृत बजेटको कार्यान्वयन तथा पूर्वाधार विकासका कार्यक्रमहरुलाई दिगो एवं विपद् जोखिम मुक्त बनाउन तपशिलका कृयाकलापहरुलाई मुल आधार बनाई कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरियो ।

तपशिल :

  • जथाभावी एवं आर्थिक अनियमितता हुने गरी खर्च नगर्ने ।
  • यस भन्दा पहिले सहमती र प्रतिवद्धता भए बमोजिम DPR निर्माण गरी IEE/EIA गरेर मात्र सडक लगायतका पूर्वाधार निर्माण गर्ने ।
  • उपभोक्ता समितिको गठन व्यवस्थापन एवं संचालन गर्दा पर्याप्त जनसहभागिता जुटाउने ।
  • पूर्वाधार बिकासका योजनाको संचालन गर्दा विपद् न्युनिकरण मैत्री एवं दिगोपनामा ध्यान दिने । जस्तै: सडक बनाउँदा Drainage अनिवार्य बनाउने ।
  • निर्माणाधिन एवं नवनिर्मित ग्रामिण तथा नगरस्तरीय सडकहरुमा Route permit का लागि आवश्यक पहल गर्ने र अनुमती प्राप्त भए पछी मात्र यातायातका साधनहरु संचालन गर्न अभिप्रेरित गर्ने ।
  • सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी (Nodal Officer) तोक्ने सम्बन्धमा ।

निर्णय : यस जिल्लाका १० वटै स्थानीय तहहरुले तत्काल सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकी सोको जानकारी ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय, बैतडीलाई दिने सहमती गरियो ।

  • जिल्लाको शान्ति सुरक्षा सम्बन्धमा ।

निर्णय : जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय तहहरुले आवश्यक सहयोग तथा समन्वय गर्ने सहमती गरियो ।

  • नागरिकताको बिषय सम्बन्धमा :

निर्णय : स्थानीय तहबाट नागरिकता सिफारिसमा हुने कमिकमजोरीहरुलाई न्यूनिकरण गर्न र नागरिकता वितरणलाई सहज बनाउन तपशिल बमोजिम गर्ने सहमती गरियो ।

तपशिल :

  • नयाँ नागरिकता(वंसज/बैबाहीक अंगिकृत) अनुसूची फाराम र प्रतिलिपि अनुसूची फाराम सिफारिस गर्दा शुद्धाशुद्धिमा यथोचित ध्यान दिने ।
  • अनुसूचिमा भएका फोटोहरु प्रमाणीत गरी पठाउने ।
  • आवश्यकता अनुसार जन्म दर्ता, बिबाह दर्ता, मृत्यु दर्ता संलग्न राखी पठाउने ।
  • छोरा/छोरी, आमा/बुबाको नाम, थर फरक परेमा आवश्यक छानविन गरी एउटै नाम, थर भएको भनि प्रमाणित सहित सिफारिस गर्ने ।
  • विदेशी मुलुकमा लामो समय बसी वा बिदेशी मुलुकमा जन्म भएका व्यक्तिहरुको हकमा विदेशी मुलुकको राष्ट्रियता जनाउने पहिचानपत्र (आधार कार्ड/भोटर आइ डि/पिनकार्ड/पि.आर. आदि) र विदेशी मुलुकको नागरिकता प्रमाणपत्र लिए/नलिएको एकीन गरी नलिएको भए मात्र नेपाली नागरिकता प्रमाण-पत्रका लागि सिफारिस गर्ने ।
  • नाता प्रमाणीत गर्दा स्पष्ट हुने गरी नाता खुलाई फोटो सहित प्रमाणीत गरी पठाउने ।
  • नागरिकता प्राप्तिका लागि सनाखत गर्ने व्यक्ति आमा/बुबा/दाजु/भाई नभएको हकमा तीन पुस्ता भित्रको हुनु पर्ने र सोको नाता प्रमाणित गरी सिफारिस पठाउने ।
  • वडा अध्यक्ष/वडा सचिवहरुलाई नागरिकता तथा अन्य सिफारिसका सम्बन्धमा अभिमुखिकरण तालीमको व्यवस्था गर्ने र सो का लागि आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने ।
  • प्रतिनिधि सभाबाट पारित भएको लैंगिक हिंसा सम्बन्धी संकल्प प्रस्तावको कार्ययोजना कार्यान्वयन सम्बन्धमा :

निर्णय : स्थानीय तहहरुले उपरोक्त संकल्प प्रस्तावको कार्ययोजनाको मासिक प्रगती विवरण अर्को महिनाको २ गते सम्म जि.स.स.मा पठाउने र जि.स.स.ले एकिकृत गरी ३ गते सम्म जिल्ला प्रशासन कार्यालयमा तल उल्लेखित ढांचामा पठाउने व्यवस्था गर्ने सहमती भयो ।

....................... महिनाको स्थिति/अवस्था

  1.  

पिडित महिला र हिंसाको विवरण

पिडित पक्षको नाम,थर, वतन

हिंसाको प्रकार

सूचकको नाम,थर, वतन

हिंसा सम्बोधन गर्न गरिएको प्रयास

महिला सशक्तिकरणका लागि गरिएका प्रयासहरु

  •  
  •  

 

 

 

 

 

 

 

  •  

 

 

 

 

 

 

 

महिला हिंसाको प्रकार :-

  • घरेलु हिंसा- शारीरिक/मानसीक/यौनजन्य/आर्थिक
  • बालविबाह/बहुविबाह
  • लैङ्गिक हिंसा- डरत्रास/धम्की/पारश्रमिक नदिने ।
  • गम्भिर प्रकृतिका- ज.ज.करणी/ज.ज.क.उ./मा.वे.ओ.प./गर्भपतन/कर्तव्य ज्यान

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .