Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

डिलासैनी र दोगडाकेदार गा.पा. मा गरिएको बजार अनुगमन

१ महिना अगाडी २०८३-०२-०३

WhatsApp_Image_2026_05_17_at_17.25.23_(2).jpeg तस्बिर :

जिल्ला प्रशासन कार्यालय, बैतडीको नेतृत्वमा मिति २०८३।०२।०२ गते डिलासैनी गाउँपालिका वडा नं. २, ३ र ६ स्थित विभिन्न बजार क्षेत्रमा तथा मिति २०८३।०२।०३ गते दोगडाकेदार गाउँपालिका वडा नं. ३ र ७ स्थित बजार क्षेत्रमा उपभोक्ता हित विपरीतका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन कार्यक्रम सञ्चालन गरिएको छ। उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रहरी प्रशासन तथा स्थानीय व्यापारिक व्यक्तिहरूको समन्वय एवं सहभागिता रहेको थियो।अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा उपभोग्य म्याद समाप्त भइसकेका तथा मानव स्वास्थ्यका लागि हानिकारक एवं खानयोग्य नरहेका खाद्य सामग्रीहरू फेला परेका हुँदा ती सामग्रीहरू बरामद गरी नियमानुसार नष्ट गरिएको छ। साथै व्यवसायीहरूलाई उपभोक्ता संरक्षण सम्बन्धी प्रचलित कानुनी व्यवस्था पालना गर्न, म्याद गुज्रिएका वस्तु बिक्री वितरण नगर्न तथा व्यवसायलाई मर्यादित, सुरक्षित र उपभोक्तामैत्री ढंगले सञ्चालन गर्न आवश्यक सचेतना तथा निर्देशन प्रदान गरिएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-03-29 14:30:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी