Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

रचनात्मक कार्यहरु (आ.व. ०७६/७७)

2076-09-29

2076-09-29


रचनात्मक कार्यहरु (आ.व. ०७६/७७)

साउन महिना :

  • जिल्ला प्रशासन कार्यालयले श्रीमान सचिवज्यूसंग कार्य सम्पादन संझौता गर्नुका साथै, बार्षीक कार्ययोजना निर्माण गरी लागु गरेको । साथै, प्र.जि.अ. संग स.प्र.जि.अ.को कार्यसम्पादन संझौता भएको ।
  • जिल्लास्तरका कार्यालयहरुको ३६० डिग्री का आधारमा कार्यसम्पादन मुल्याङ्कन गरिएको ।(कार्यालयले सम्पादन गरेका कार्यको ६० अंक र उद्योग बाणिज्य संध, नेपाल पत्रकार महासंघ, गैरसरकारी महासंघ, नागरीक समाजको १० अंकका दरले ४० अंक गरि जम्मा १००) । यसमा जिल्ला प्रशासन कार्यालय उत्कृष्ठ कार्यालय घोषणा भएको ।

भदौ महिना :

  • निजामति सेवा दिवसका अवसरमा जिल्ला स्थित १४ वटा कार्यालयहरुले कार्यालयको उत्कृष्ठ कर्मचारी छनौट गरेका । यसले reward & Punishment को मान्यता स्थापित गर्ने छ ।
  • चितुवा आक्रमणमा परि मृत्यु भएका सुदिप मडैका परिवार संग फिल्डमा गएर सुरक्षा सम्बद्ध उच्चस्तरिय पदाधिकारीबाट भेटघाट तथा राहत वितरण गरिएको ।
  • १६ वटा संघीय/प्रदेशस्तर कार्यालयहरुको अनुगमन गरी गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सु.प. प्रदेशमा पठाइएको ।

असोज महिना :

  • खोड्पे/देहीमाण्डौं/गोठलापानीका बजारहरुको बजार अनुगमन र समुदाय-प्रहरी कार्यक्रम सञ्चालन गरिएको ।
  • लालीगुरासको grafting गरी २ वटा विरुवा कार्यालय परिसरमा राखीएको ।

कार्तिक महिना :

  • राष्ट्रपति उद्दार कार्यक्रम अन्तर्गत सुत्केरी धाना साउद बर्ष २३ लाई हेलीकप्टर द्वारा उद्दार गरि नेपालगंज मेडिकल कलेज पठाइएको । यो उद्दार पहिलो पटक यस जिल्लामा भएको ।
  • इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पहिलो पटक CIMS  प्रविधिमा अधारित भई कम्प्युटरबाट प्रिन्ट भएको नागरिकता प्रदान गर्ने व्यवस्था मिलाईएको ।
  • सूचनाको हक सम्बन्धी एवं नियमावलीमा व्यवस्था भए बमोजिम proactive disclosure २० बुँदामा प्रकाशन गरिएको ।

मंसिर महिना :

  • बैतडी दर्पण, २०७६ को प्रकाशन ।
  • २४५ हातहतियार संकलन भएको ।
  • मंसिर १४ को निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको ।
  • भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस भव्य रुपमा मनाईएको ।

पौष महिना:

  • दशरथचन्द न.पा.-६ सेरामा अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रका बासिन्दाहरु संग अपराध नियन्त्रण सम्बन्धमा जनचचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
  • जि.प्र.का. वैतडीको नेतृत्व र आयोजनामा अन्तर जिल्ला समन्वय बैठक पौष २६ गते सम्पन्न भएको । यसमा ४ जिल्ला (बैतडी, डडेल्धुरा, बझाङ्ग र दार्चुला) सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .