नेपाल-भारत सीमा बैठक २०७५
2075-12-22
2075-12-22
नेपाल-भारत सीमा बैठक २०७५
भारतिय लोक सभा सामान्य निर्वाचन २०१९, को सन्दर्भमा मिति २०७५/१२/१७(तदानुसार मार्च ३१, २०१९) का दिन नेपालका (बैतडी र दार्चुला)का प्रमुख जिल्ला अधिकारीहरुले नेतृत्व गरेको समिति र भारत पिथौरागढका डिष्ट्रीक मजिष्ट्रेट डा. विजय कुमार जोगदण्डे लगायतका पदाधिकारीहरु बिच सीमा समन्वय समितिको बैठक सम्पन्न भयो । सो बैठकमा गृह मन्त्रालयबाट स्वीकृत भएको एजेण्डा बमोजिम छलफल गरी सहमति भएका बुंदाहरु निम्न बमोजिम रहेका छन् ।
- अपराध नियन्त्रणमा सूचनाको आदान प्रदान गर्ने ।
- अवैध औषधी वा लागु पदार्थ ओसार पोसार नियत्रन्ण ।
- वन्य जन्तु तथा अवैध शिकार एवं तस्करी नियन्त्रण ।
- नेपाली नागरिकको भारतिय पेन्सन सम्बन्मा छलफल ।
- नेपाल भारत भंसार सहजिकरण ।
