नेपाल भारत सीमा समन्वय बैठक सम्पन्न
तस्बिर :
मिति २०८३।०५।१५ (August 31, 2026) गते भारतको पिथौरागढ जिल्लामा नेपालको बैतडी र दार्चुला जिल्ला तथा भारतको पिथौरागढ जिल्लाबीच सीमा समन्वय बैठक सम्पन्न भएको छ । नेपालका बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालज्यूको नेतृत्वमा नेपालको बैतडी र दार्चुला जिल्ला सहभागी भएको हो ।
सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सुव्यवस्था, अपराध नियन्त्रण, विपद व्यवस्थापन र पूर्वसूचना प्रणाली, व्यापार सहजीकरण, पुर्वाधार मर्मत तथा निर्माण, मानव बेचविखन नियन्त्रण र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सहज तर व्यवस्थित आवागमन लगायतका साझा सरोकारका विषयमा छलफलमा भई आपसी समन्वय सहकार्य थप मजबुद बनाई अगाडि बढ्नेमा दुबै पक्ष सहमत भएको अवस्था छ ।
