2076-05-07
2076-05-07
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको जिल्ला स्तरिय बैठक प्र.जि.अ. श्री आनन्द पौडेल ज्यूको अध्यक्षतामा बसी यस जिल्लाका बिभिन्न कार्यालयहरुले आ-आफ्नो क्षेत्रबाट कार्यक्रम गर्ने सहितको कार्ययोजना बनााइ अभोयानको रुपमा संचालन गरिएको थियो । उक्त अवसरमा सप्ताहिक अभियानमा देहायका कार्यक्रमहरु सम्पन्न गरियो ।
|
सि.नं. |
मिति |
कार्यक्रम |
|
१ |
२०७६ असार ५ गते |
जिल्ला प्रशासन कार्यालयबाट kick of program sms बाट सुरु गर्ने क्रममा कार्यालयको वेव एस.एम.एस. सिस्टमको प्रयोबाट ३०० भन्दा बढी कर्मचारीहरुलाई मोबाईल SMS गरि लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध को अन्तरराष्ट्रिय दिवसको नारा "लागु औषध सेवन नगरौ,आफु बाँचौ अरुलाई पनि बचाऔ" भन्ने सन्देश दिइएको । |
|
२ |
असार ६ गते |
|
|
३ |
असार ७ गते |
|
|
४ |
असार ८ गते |
सामुदायिक प्रहरी सेवा केन्द्र गोठालापानी बैतडीको आयोजनामा सामुदायिक सेबा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाह, विरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडीका शिक्षक, शिक्षिका, सोही विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी लगायत अन्दाजी ८० जनाको सहभागितामा जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र चन्द र प्रहरी नायव निरीक्षक गणेश बहादुर खडायतले लागु औषध दुर्व्यसन नियन्त्रण तथा यस सम्बन्धी कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण दिनु भएको । |
|
५ |
असार ९ गते |
१- जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्र.ना.नि. राम नाथ योगीको कमाण्डमा १० जना प्रहरी कर्मचारी खटिगई यस दशरथ चन्द नगरपालिका वड नं. ४ स्थित वडा एरियाका गाँजाका बोटहरु नष्ट गरिएको । २- लागु औषध दुरुपयोग तथा लागु औषध कारोबार बिरुद्धको सप्ताह कार्यक्रम अनुसार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मिति २०७६/०३/०९ गते साझ १९:००-१९:३० बजेको समयमा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेय र प्रहरी निरीक्षक रविन्द्र चन्दबाट सौगात एम.एम. बैतडीसंग समन्वय गरी लागु औषध दुर्व्यसनीको पहिचान गर्ने तरिका, लागु औषधका नकारात्मक असर, यसको रोकथाम तथा कानूनी व्यवस्थाका सम्बन्धमा अन्तरक्रिया तथा संवाद भएको । |
|
६ |
असार १० गते |
|
|
७ |
असार ११ गते |
लागु औषध दुरुपयोग तथा ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवस २६ जुन २०१९ को अवसरमा बैतडी जिल्लाका १०० जना भन्दा बढी जनसहभागिता भई यस दिवस सम्बन्धी बिभिन्न नारा लेखीएका प्ले कार्ड बोकेर बिहान ६:३० बजे बाट सुरु भई शाहीलेकमा समापन र्याली पुनश्च गडी बजारमा आएर सम्पन्न भएको । |