Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र

2076-02-13

2076-02-13


१) वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र ।

कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।

१.१). अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित गा.पा.वा न.पा.को पदाधिकारीको सिफारिससाथ देहायका प्रतिलिपि संलगन गरी निवेदन दिनुपर्ने ।

  • बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र। आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने ।
  • बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र
  • जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र ।

१.२) बाबु, आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने ।

१.३) नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः-

  • विवाह दर्ता प्रमाण पत्र,
  • पतिको नागरिकताको प्रमाण पत्र,
  • बाबु,आमा,दाजु वा भाईको नागरिकता प्रमाण पत्र ।

१.४) जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र 

१.५) निवेदनमा १ प्रति फोटो बाहेक २ प्रति फोटो पेश गर्नुपर्ने ।

१.६) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

  •  स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र
  • जग्गाधनी प्रमाण पूर्जा ।
  • नागरिकताको अभिलेख भिडेको पत्र ।
  • स्थायी बसोबास (घर निर्माण स्वीकृति, बिजुलीको बिल, धारा पानीको बिल )

सेवा प्रदान गर्ने स्थान

नागरिकता फाँट

लाग्ने शुल्क

निवेदनमा रु १०/-को हुलाक टिकट

लाग्ने समय 

प्रमाण पुरा भएकै दिन

गुनासो सुन्ने अधिकारी

प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .