Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

2075-07-08

2075-07-08


स्थानीय प्रशासन, ऐन २०२८ बमोजिम बैतडी जिल्लाको शान्ती सुरक्षा अमनचयन कायम गर्न एवं जिल्ला स्थित अन्य कार्यालयहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विकास तथा सुशासन कायम गर्ने जिम्मेवारीका साथ वि.सं. २०२८ सालमा स्थापना भई निरन्तर रुपमा सञ्चालन हुँदै आएको निकाय जिल्ला प्रशासन कार्यालय, बैतडी हो । यस कार्यालयले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ ले निर्दिष्ट गरेका गृह प्रशासनको अधिकार क्षेत्र भित्र रहेर काम गर्दै आएको छ । जिल्लामा सुरक्षा प्रबन्ध, अपराध रोकथाम तथा नियन्त्रण, संघ प्रदेश र स्थानीय तहहरु बिच समन्वय, दैनिक रुपमा नियमानुसार नागरिकता तथा राहदानी वितरण, हातहतियार तथा खरखजाना, सार्वजनिक सम्पत्तीको संरक्षण, जुवातास जन्य क्रियाकलापको नियन्त्रण, लागु औषध नियन्त्रण, विपद व्यवस्थापन, सीमा सुरक्षा, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ती र बजार अनुगमन, संस्था दर्ता र अन्य आकस्मिक कार्यहरु सम्पादन गर्दै आएको छ । जिल्ला शान्ती सुरक्षा र अमनचयन कायम गरी जनताको जीउ धनको संरक्षण गर्नुका साथै नेपाल सरकारको प्रतिनिधिको रुपमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति दिलाउने अभिप्रायका साथ जिल्ला प्रशासन कार्यालयको स्थापना वि.सं. २०२८ मा भएको हो ।

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकार :

  • जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने ।
  • आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन ।
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण ।
  • विस्फोटक पदार्थ सिफारिस र नियमन ।
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन ।
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन ।
  • गैर सरकारी सङ्घ, संस्था दर्ता, नवीकरण र नियमन ।
  • स्थानीय प्रशासनको सञ्चालन ।
  • नागरिकता वितरण ।
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण ।
  • भ्रष्टाचार नियन्त्रण ।
  • कार्यालय निरीक्षण तथा अनुगमन ।
  • कल्याण धन र बेवारिस धनको व्यवस्थापन ।
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण ।
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण ।
  • विपद् व्यवस्थापन ।
  • जिल्ला स्तरमा सार्वजनिक उत्सव ।
  • मुआब्जा निर्धारण तथा वितरण ।
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस ।
  • जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने ।
  • राहदानी वितरण ।
  • लागू औषध नियन्त्रण ।
  • जिल्ला स्थित कारागारको व्यवस्थापन ।
  • जिल्ला भित्र बजार अनुगमन,  नियमन तथा नियन्त्रण ।
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण ।
  • नाता प्रमाणित ।
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन ।
  • जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग ।
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण ।
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग ।
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने ।
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने ।
  • जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, बालमन्दिर, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .