Citizenship certificate for the person not a paternal / maternity person 2076-02-13
३) पितृत्व/मातृत्वको ठेगान नभएकप व्यक्तिले नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्न ।
कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।
- स्थानीय निकायबाट सिफरिस भएको अनुसूची-१ भरि पेश गर्नुपर्ने
- नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत
- कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत गर्नुपर्ने
- पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।
सेवा प्रदान गर्ने स्थान
नागरिकता फाँट
लाग्ने शुल्क
निवेदनमा रु १०/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
गुनासो सुन्ने अधिकारी
प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी
