Citizenship certificate for Heridatory 2076-02-13
१) वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र ।
कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।
१.१). अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित गा.पा.वा न.पा.को पदाधिकारीको सिफारिससाथ देहायका प्रतिलिपि संलगन गरी निवेदन दिनुपर्ने ।
- बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र। आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने ।
- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र
- जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र ।
१.२) बाबु, आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने ।
१.३) नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः-
- विवाह दर्ता प्रमाण पत्र,
- पतिको नागरिकताको प्रमाण पत्र,
- बाबु,आमा,दाजु वा भाईको नागरिकता प्रमाण पत्र ।
१.४) जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
१.५) निवेदनमा १ प्रति फोटो बाहेक २ प्रति फोटो पेश गर्नुपर्ने ।
१.६) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-
- स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र
- जग्गाधनी प्रमाण पूर्जा ।
- नागरिकताको अभिलेख भिडेको पत्र ।
- स्थायी बसोबास (घर निर्माण स्वीकृति, बिजुलीको बिल, धारा पानीको बिल )
सेवा प्रदान गर्ने स्थान
नागरिकता फाँट
लाग्ने शुल्क
निवेदनमा रु १०/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
गुनासो सुन्ने अधिकारी
प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी
