Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction of District 2075-07-07

विश्व मानचित्रमा २९ डिग्री १८ मिनेट उत्तर देखि २९ डिग्री ४१ मिनेट उत्तरी अक्षांश र ८० डिग्री १९ मिनेट पूर्व देखि ८० डिग्री ८१ मिनेट पूर्वी देशान्तर सम्म जिल्ला फैलिएको छ।   नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा बझाङ र डोटी जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ, उत्तरमा नेपालकै दार्चुला जिल्ला र दक्षिणमा डडेलधुरा जिल्ला पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल १५१९ बर्ग कि.मि.रहेको छ भने यो जिल्ला समुद्री सतहबाट ३९०मिटर देखि देखी २९५० मिटर सम्मको उचाईमा रहेको छ । यस जिल्लाको वरीपरिका उच्च पहादहरुमा चारवटा केदार देवताहरुको देवस्थल छ । यि चार केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार, पुर्वमा रौलाकेदार, उत्तरमा देउलेक केदार र पश्चिममा ध्वजकेदार पर्दछन् । यी केदारहरु आराध्यदेव माहादेवका रुप हुन भन्ने जनश्रुति छ ।बैतडी जिल्ला संघीयता राज्य पुर्नंसंरचना भई प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र कायम भएको छ भने ४ वटा नगरपालिका(दशरथचन्द न.पा., पाटन न.पा., मेलौली न.पा. र पुर्चौडी न.पा.) र ६ वटा गाऊपालिका(दोगडाकेदार गा.पा., सुर्नया गा.पा., पञ्चेश्वर गा.पा., शिवनाथ गा.पा., सिगास गा.पा. र डिलाशैनी गा.पा.) गरि १० स्थानीय तहमा विभाजन भएको छ। २०७८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या २,४२,१५७ रहेको छ । जस मध्ये पुरुष १,१३,८६४ र महिला संख्या १,२८,२९३ रहेका छन् । कुल घरधुरी संख्या ४८,४२८ रहकोमा असत घरपरिवारको आकार ४.९० जनघनत्व १५९ प्रतिवर्ग कि.मि. र बार्षिक जनसंख्या वृद्धि दर -०.३४ हेको छ । कूल साक्षरता दर ६२.९७ प्रतिशत रहेको छ ।

जिल्लामा रहेका सुरक्षा निकाय:

  • नेपाली सेना ।
  • जिल्ला प्रहरी ।
  • सशस्त्र प्रहरी वल नेपाल नं. ५१ गुल्म ।
  • राष्ट्रिय अनुसन्धान । 


Last Updated : 2083-02-21 13:15:22

© All Rights Reserved to District Administration Office, Baitadi .