Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र 2078-05-04

जिल्ला आपतकालीन कार्य संचालन केन्द्र

बैतडी (DEOC)

जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रको अवधारणा  

        बैतडी जिल्लामा बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भुकम्प जस्ता कहिले काहिँ जाने र ठुलो मात्रामा जनधनको क्षति हुने प्रकोपको कारणले बैतडी जिल्ला उच्‍च जोखिममा रहेको छ । सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरु र साझेदार संस्थाहरुले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि केन्द्रमा राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र, प्रदेश आपतकालिन, जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले समन्वय गरि कार्य गरिएको छ । बाढि तथा अन्य साना पहिरोहरुबाट हरेक बर्ष मानविय, भौतिक, आर्थिक, सामाजिक क्षति भइरहेको छ । प्राकृतिक श्रोतमा अतिक्रमण अव्यवस्थित विकास निर्माण र बस्ति विकास जलवायु परिवर्तन बढदै गएको जनसंख्या, भू उपयोग योजनाको निर्माण नहुनु, विपद जोखिम र जलवायु उत्थानशीलताका विषयलाई विकास निर्माणका प्रकियामा प्राथमिकता राख्‍न नसक्‍नु क्षतिको पहिलो कारण हो ।

      बैतडी जिल्लामा बि.स २०७६ सालमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापन भएको थियो भने UNDP परियोजनाको सहयोगमा केहि सामाग्रीहरु र कम्युटरसेट सहयोग भएको थियो । नेपाल रेडक्रस सोसाइटी बैतडी शाखा कार्यलयबाट  खोज तथा उद्दार सामग्रीको सहयोग भएको छ । DEOC ले विपद जोखिम न्यूनिकरणको क्षेत्रको  तथा विपद्को समयमा आवश्यक पर्ने महत्वपूर्ण सुचनाहरु आदान प्रदान गर्नको निमित्त जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको सुचना व्यवस्थापन प्रणाली निर्माण गरिएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र भनेको के हो? जिल्ला प्रशासन कार्यालय अन्तरगत जिल्लामा स्थापना गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र सँग सम्पर्क तथा समन्वय गर्दै स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गर्न तथा सूचना संकलन गर्ने गर्दछ  । जिल्लामा स्थापना हुने जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा सञ्चालन हुनेछ । जिल्ला विपद् सम्पर्क व्यक्तिको रुपमा रहेका प्रशासकीय अधिकृतले यस जिल्ला आपकालिन कार्य सञ्चालन केन्द्रको प्रमुखको रुपमा कार्य गर्ने गरिएको छ ।  जिल्लाको कुनै पनि स्थानमा विपद्को सम्भावनाको पूर्वसुचनाको ग्रहण तथा पूर्वचेतनाको प्रवाह, विपदको घटना पश्चात् राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र, प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र, छिमेकि जिल्ला, स्थानीय तथा राष्ट्रिय सोकारवालाहरुको विच प्रभावकारी समन्वय कायम गरि विपद् व्यवस्थापन प्रतिकृयालाई प्रभावकारी बनाउनु यस केन्द्रको प्रमुख उद्देश्य रहेको छ ।

 


Last Updated : 2083-02-21 13:15:22

© All Rights Reserved to District Administration Office, Baitadi .