कार्यालय प्रमुखहरुसंगको बैठक सम्पन्न
Images :
आज मिति २०८३।०५।०९ गते प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूको अध्यक्षतामा जिल्लास्थित कार्यालयका प्रमुखहरूको बैठक सम्पन्न भयो। बैठकमा सम्बन्धित कार्यालयहरूको चालु आ.व. २०८३।८४ का स्वीकृत कार्यक्रम तथा आयोजनाहरूको प्रगति समीक्षा, निजामती सेवा दिवस भाद्र २२, मानव बेचबिखन बिरुद्धको दिवस भाद्र-२० मनाउने सम्बन्धमा, लेखापरीक्षणसम्बन्धी विषय तथा समसामयिक विषयहरूमा छलफल गरिनुका साथै कार्यक्रम तथा सेवा प्रवाहलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीज्यूबाट आवश्यक निर्देशन प्रदान गरियो।
