Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Friday, Shravan 08, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

मिति २०८०/०३/२९ गते नेपाल-भारत(बैतडी, दार्चुला र पिथौरागढ जिल्ला) सीमा समन्वय समकक्षी बैठक सम्पन्न

2080-03-31 2080-03-31

बैतडी, दार्चुला र भारतको पिथौरागढ जिल्लाको सीमा समन्वय समितिको नियमित बैठक हिजो मिति २०८० साल आषाढ २९ गते भारतको पिथौरागढमा सम्पन्न भएको छ। उक्त सीमा समन्वय बैठकमा बैतडी र दार्चुला जिल्लाबाट क्रमशः श्रीमान् प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र किरण जोशीले नेतृत्व गर्नुभएको थियो। उहाँहरुसँगै उक्त जिल्लाका सुरक्षा समितिका सदस्यहरूको समेत सहभागिता रहेको थियो। त्यसैगरी, भारतका तर्फबाट पिथौरागढका डिएम श्रीमती रिना जोशी, सुरक्षा समितिका सदस्यहरू र विकास अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
बैठकमा तीन जिल्लाका आपसी हित, शान्ति सुरक्षा, विकास लगायतका विषयमा छलफल भएको छ।

उक्त बैठकमा देहायका विषयहरूमा समझदारी बनेको छः
१. दुवै जिल्लाहरूको सीमा नाकाहरूबाट हुन सक्ने अवैध आवागमन, चोरी तक्करी, मानव तस्करी, वन्यजन्तु ओसारपोसार न्यूनीकरणका सम्बन्धमा दुवै जिल्लाका सुरक्षा संयन्त्रहरुले चेकजाँचलाई कडा र चुस्त बनाउने। साथै, तल्लो तहदेखि माथिल्लो तहसम्मको सुरक्षा समन्वय र संचारलाई प्रभावकारी बनाउने ।

२. दुवै जिल्लाका सीमा महाकाली नदीमा कुनै पनि प्रकारको निर्माण गर्दा एक अर्को जिल्ला र देशसँग समन्वय गरी मात्र उक्त कार्य अगाडी बढाउने।
३. बैतडीको जुलाघाट र भारतको झुलाघाट बजार जोड्ने झुलाघाट पूलमा बिहान ६ बजे देखि साझ ७ बजेसम्म आवागमन सुचारू राख्ने।
४. सीमा क्षेत्रमा दैनिक रुपमा जम्मा हुने फोहोरमैला व्यवस्थापनको लागि छुट्टै डम्पिंग साइड बनाई दुवैतर्फबाट महाकाली नदीको स्वच्छता कायम राख्ने।
५. झुलाघाट पूलको नियमित मर्मत सम्भारका सम्बन्धमा दुवै जिल्लाको संयुक्त प्राविधिक समूह निर्माण गरी उक्त टोलीकै स्थलगत अवलोकनका आधारमा नियमित मर्मत कार्य गर्ने।

६. दुवै देशका सीमा क्षेत्रका सम्भावित जोखिम क्षेत्रहरूमा आवश्यकता अनुसार संयुक्त चेकजाँच एवम् पट्रोलिंग गर्ने। विपद् व्यवस्थापन एवम् प्रतिकार्यका सन्दर्भमा समेत आवश्यकता अनुसार दुवै देशका सुरक्षा निकायले आपसी समन्वय गरी व्यवस्थापन गर्ने।
७. नेपालीहरुले पेन्सन व्यवस्थापनका सन्दर्भमा भारतीय बैंकहरुमा बेहोर्नुपरेको झन्झटलाई न्यूनीकरण गरी न्यूनतम कागजात व्यवस्थापनमा सहजीकरण गर्ने।

८. नेपालबाट विभिन्न बाहनामा पिथौरागढ लगायतका बजारहरूमा नेपाली बालबालिकाहरूलाई अलपत्र पार्ने एवम् बालश्रममा लगाइने विषयलाई दुवै पक्षबाट उच्च निगरानी गर्ने। कैफियत पाइएमा समन्वय र संचारको माध्यमद्वारा समाधान गर्ने।

Name of File / Title File Size Action
b1f3910e_9352_47b7_ac26_f1dfdd336b79.jpg 117.36 KB
66275fa3_8d22_40f8_9ded_a530675b6794.jpg 125.8 KB
बैठकमा सहभागि सदस्यहरु
989ecb4e_4431_41c9_a7e5_c5a0839088fb(1).jpg
222.3 KB
सीमा समन्वय बैठक सञ्चालन
e6387d40_e4cc_48f7_92c2_69f7b1644121.jpg
102.25 KB

Last Updated : 2083-04-05 08:29:48

© All Rights Reserved to District Administration Office, Baitadi