सार्वजनिक सुनुवाई सम्पन्न
Images : प्र.जि.अ.वाट सम्बोधन
सूचनाको हकको प्रभावकारी कार्यान्वयन तथा आम नागरिकका जनगुनासो, सुझाव र जिज्ञासाको सुनुवाइ एवं सम्बोधन गर्ने उद्देश्यले आज मिति २०८३ साल असार २५ गते जिल्ला प्रशासन कार्यालय, बैतडीको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रमसञ्चालन गरिएको कार्यक्रममा सहभागी आम नागरिक, उपभोक्ता, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूबाट उठाइएका जिज्ञासा, गुनासा र सुझावहरूलाई जिल्लास्थित सम्बन्धित कार्यालय/निकायका प्रमुखहरूले आवश्यक जानकारी तथा जवाफमार्फत सम्बोधन गर्नुभएको थियो।साथै, कार्यक्रममा सहभागी सबै सरकारी कार्यालयहरूले आ-आफ्नो कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन तथा चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नागरिक सहभागिता, पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहभागी महानुभावहरूप्रति कार्यक्रम अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीज्यूबाट हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरियो।
