Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Room no. Including Citizen charter


नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय,बैतडीको

नागरिक वडापत्र (Citizen Charter)

 

क्र. सं.

सेवा

सेवा सुविधाहरुको विवरण

सेवा प्रदान गर्ने स्थान

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

जिम्मेवार व्यक्ति र शाखा/फाँट

गुनासो सुन्‍ने अधिकारी

कैफियत

नागरिकता सम्बन्धी

क) वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य ।

नागरिकता फाँट

१. अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित गा.पा./न.पा.को पदाधिकारीको सिफारिससाथ देहायका प्रतिलिपि संलगन गरी निवेदन दिनुपर्ने ।

क) बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका             

 नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र।आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने ।

ख) बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र

ग) जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र ।

२. बाबु,आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने ।

३. नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः-

क) विवाह दर्ता प्रमाण पत्र,

ख) पतिको नागरिकताको प्रमाण पत्र,

ग) बाबु,आमा,दाजु वा भाईको नागरिकता प्रमाण पत्र ।

४. जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र 

५. निवेदनमा १ प्रति फोटो बाहेक २ प्रति फोटो पेश गर्नुपर्ने ।

६. बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र

ख) जग्गाधनी प्रमाण पूर्जा ।

ग) नागरिकताको अभिलेख भिडेको पत्र ।

घ) स्थायी बसोबास (घर निर्माण स्वीकृति,बिजुलीको बिल,धारा पानीको बिल )

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

ख) कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा

नागरिकता फाँट

१.अनुसूची-१ बमोजिमको विवरण भरि साथ निम्न कागजातको प्रतिलिपि राखी दुईप्रति निवेदन दिनुपर्ने ।

क) बाबु वा आमाको नेपाली नागरिकताको प्रमाण पत्र

ख) कर्मचारी विवरण खुल्ने गरि बहाल रहेको कार्यालयको सिफारिस

ग) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

ग) पितृत्व/

मातृत्वको ठेगान नभएको व्यक्तिले ना.प्र. लिनुपर्दा

नागरिकता फाँट

१. स्थानीय निकायबाट सिफरिस भएको अनुसूची-१ भरि पेश गर्नुपर्ने

२. नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत

३. कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत गर्नुपर्ने

४. पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

घ) वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा

नागरिकता फाँट

क. अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस

ख) पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

ग) विवाह दर्ता प्रमाण पत्र

घ) विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण

ङ) पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसं नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

ङ)अंङ्गीकृत नागरिकता

नागरिकता फाँट

क) स्थानीय निकायको सिफारिस सहित अनुसूची-७ बमोजिमको निवेदन

ख) नेपाली वा नेपालका प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको

ग) नेपालमा कुनै व्यवसाय गरी बसेको प्रमाण

घ) अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको प्रमाण

ङ) कम्तीमा पन्द्र वर्ष सम्म नेपालमा बसोबास गरेको

च) नेपाली नागरिकलाई अङ्गिकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको

छ) असल चालचलन भएको

ज) मानसिक रुपले स्वस्थ भएको ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

च) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य

नागरिकता फाँट

क) निर्धारित ढाँचाको सबै भरी सम्बन्धित स्थानीय निकायका पदाधिकारीको सिफारिस गराई निवेदन पेश गर्नुपर्ने

ख) पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न‍. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने

ग) धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित पिता,आमा,दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.5

प्र.जि.अ./

स.प्र.जि.अ.

 

२.

राहदानी सम्बन्धी

क) नयाँ साधारण राहदानी प्रदान गर्ने कार्य

राहदानी फाँट

क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक  २ प्रति फोटो सहितको निवेदन

ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि

ग) नाबालकको राहदानी लिनुपर्दा नाबालक परिचय पत्रको छायाकपी र रितपुर्वक २ प्रति फोटो सहितको निवेदन

घ) पुरानो राहदानी हराएको भए राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन

ङ) विवाह भै आएका महिलाहरुको हकमा भने पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र र नागरिकता अन्य जिल्लाबाट भए सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख भिडेको पत्र ।

च) कर्मचारी परिवारको हकमा माथि उल्लेखि गरिए बाहेक कार्यरत कार्यालयको सिफारिस पत्र

छ) च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनुदिनु पर्ने र राजष्व पनि डबल लाग्नेछ ।

रु.५०००/-राजश्व दस्तुर

प्रमाण पुराएर फाराम बुझाएको (४०-५०) दिन सम्ममा

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

ख) बसाई सराई गरी आएकाहरुलाई राहदानी प्रदान गर्ने कार्य

राहदानी फाँट

क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक  २ प्रति फोटो सहितको निवेदन

ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि

ग) बसाई सराई प्रमाण पत्रको प्रतिलिपि

घ) जग्गाधनी पूर्जाको प्रतिलिपि

ङ) नगरपालिका क्षेत्रमा घर भए घरुको नक्सा पास प्रमाणपत्रको प्रतिलिपि

च) घरको बिद्युत वा पानी महसुल बुझाएको ररिदको प्रतिलिपि

छ) नागरिकता जारी भएको जिल्लाबाट नागरिकता अभिलेख भिडेको पत्रको प्रतिलिपि

रु.५०००/-राजश्व दस्तुर

प्रमाण पुराएर फाराम बुझाएको (४०-५०) दिन सम्ममा

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

ग) राहदानीमा भएको विवरण संशोधन गर्ने कार्य

राहदानी फाँट

क) MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।

रु.५०००/-राजश्व दस्तुर

प्रमाण पुराएर फाराम बुझाएको (४०-५०) दिन सम्ममा

कोठा नं.५

प्र.जि.अ./

स.प्र.जि.अ.

 

नाबालक परिचय पत्र

नाबालक परिचय पत्र बनाउने कार्य (१६ वर्ष भन्दा कम)

प्रशासन फाँट

क) पासपोर्ट साइजको फोटो टाँस गरी बाबु वा आमाले स्थानीय  निकायका प्रमुखको सिफारिस सहितको निवेदन ।

ख) बाबु र आमाको ना.प्र.प. को प्रतिलिपि,,बाबु र आमाको विवाह दर्ताको प्रतिलिपि, बच्चाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

ग) सनाखत गर्न आउने व्यक्ति सक्कल नागरिकता प्रमाण पत्र सहित आउनुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.३

प्र.जि.अ./

स.प्र.जि.अ.

 

४.

नाम,थर संशोधन

नाम,जात, उमेर आदि संशोधन गर्ने कार्य

प्रशासन फाँट

क) व्यहोरा खुलेको निवेदन ।

ख) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,शैक्षिक योग्यताको प्रतिलिपि,विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस ।

ग) स्थानीय निकाय र प्रहरीको सिफारिस ।

(एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्‍ने व्यहोराको सिफारिस मात्र पाइने ।  )

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पुरा भएकै दिन

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

५.

संघ संस्था सम्बन्धी

क) संघ संस्था दर्ता गर्ने कार्य

प्रशासन फाँट

क)तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यदको हस्ताक्षर भएको निवेदन ।

ख) सफाँ संग A4  साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको संशोधित विधान ४ प्रति  ।

ग) समितिका सबैको ना.प्र.प्र.को प्रतिलिपी र जि.वि.स.को सिफारिस ।

घ) सदस्यहरुको प्रहरी प्रतिवेदन ।

ङ) संस्थाको कार्यालय रहने घरको धरधनी संग गरिएको करारपत्र ।

च) संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट ।

निवेदनमा रु.१०/-को टिकट र राजष्व रु.१०००/-

प्रमाण पुरा भएकै दिन

सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।  

 

 

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

ख) संघ संस्था नविकरण गर्ने कार्य

प्रशासन फाँट

क) संस्था नविकरण गरि पाउँ भन्‍ने विषयको संस्थाको आधिकारिक निवेदन पत्र ।

ख) सक्कल लेखा परिक्षण प्रतिवेदन ,लेखा परिक्षकको प्यानमा दर्ता भएको प्रमाणको प्रतलिपी र नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपी ।

ग) आन्तरिक राजष्व कार्यालय,भक्तपुरबाट कर फछ्र्योट भएको प्रमाण पत्र

घ) जिल्ला विकास समितिको कार्यालयको सिफारिस पत्र ।

ङ) संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम ,निर्वाचन भएको भए मिति खुलाउने ।

निवेदनमा रु.१०/-को टिकट र

 

राजष्व आ.व.को असोज मसान्त सम्म रु.५००/-,कार्तिक देखि पौष सम्म रु.६००/- र माघ देखि आसाढ सम्म रु.७५०/-

प्रमाण पुरा भएकै दिन

  

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

ग) संस्थाको विधान संशोधन गर्ने कार्य

प्रशासन फाँट

क) संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन ।

ख) विधानमा संशोधन गर्न साधारण सभाको निर्णयको प्रतिलिपि

ग) स्वीकृत सक्कल विधानको प्रतिलिपि १ थान

घ) तीन महले विधानको ३ प्रति प्रतिलिपी (संशोधन प्रस्तावितको)

निवेदनमा रु.१०/-को टिकट

 

प्रमाण पुरा भएकै दिन प्रकृया प्रारम्भ गरिने

  

कोठा नं.३

प्र.जि.अ./

स.प्र.जि.अ.

 

घ) संस्थाको शाखा खोल्ने सम्बन्धी कार्य

प्रशासन फाँट

क) संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन ।

ख) संस्थाको कार्य समितिको निर्णय

ग) स्वीकृत विधानको प्रतिलिपि १ थान

घ) जिल्ला विकास समितिको सिफारिस

निवेदनमा रु.१०/-को टिकट

 

प्रमाण पुरा भएकै दिन प्रकृया प्रारम्भ गरिने

  

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

६.

विवाह दर्ता सम्बन्धी

क) नेपाली केटा र नेपाली केटीको विवाह सम्बन्धी कार्य

(कोट म्यारिज )

प्रशासन फाँट

क) प्रचलित कानून अनुसार विवाह गर्न उमेर पुगेका बरबधुले तोकिएको ढाँचामा दरखास्त फाराम पेश गर्नुपर्ने ।

ख) अविवाहित प्रमाणित नेपाल सरकारको राजपत्राकिंत अधिकृतको सिफारिस वा गा.वि.स./न.पा.को सिफारिस ।

ग) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

घ) अन्य जिल्लामा बसोबास गर्नेको हकमा हाल आवेदन पेश गरेको जिल्लामा १५ दिन देखि बसोबास गर्दै आएको प्रमाण ।

ङ) वरबधुको ७/७ प्रति पासपोर्ट साइजको फोटो ।

च) आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्न सकिने ।

 (यस कार्यालयमा वरबधु आइ सम्पूर्ण आवश्यक कागजात पेश गरी निवेदन पेश गरेको दिनले सोह्य दिनको दिन प्रमाण पत्र पाइने । )

निवेदनमा रु.१०/-को टिकट

 

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने र निवेदन पेश भएको मितिले सोह्य दिनमा प्रमाण पत्र जारी गरिने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ख) नेपाली र विदेशी वा विदेशी/विदेशी बिचको विवाह सम्बन्धी कार्य

(कोट म्यारिज )

प्रशासन फाँट

क) प्रचलित कानुन अनुसार विवाह गर्न उमेर पुगेका बरबधुले तोकिएको ढाँचामा दरखास्त फाराम पेश गर्नेपर्ने ।

ख) नेपालीको हकमा अविवाहित प्रमाण पत्र र नागरिकताको छायाकपी

ग) विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि

घ) सम्बन्धित राजदूतावास वा देशको No Objection  Letter

ङ) वरबधुको ७/७ प्रति पासपोर्ट साइजको फोटो ।

च) आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्न सकिने ।

निवेदनमा रु.१०/-को टिकट

 

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने र निवेदन पेश भएको मितिले सोह्य दिनमा प्रमाण पत्र जारी गरिने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

 ग) अन्य विवाह दर्ता सम्बन्धी कार्य

(पोस्ट म्यारीज)

 प्रशासन फाँट

 क) प्रचलित कानून अनुसार विवाह गर्न उमेर पुगेका बरबधुले तोकिएको ढाँचामा दरखास्त फाराम पेश गर्नुपर्ने ।

ख)  नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

ग) स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा विवाह दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

घ) वरबधुको ८/८ प्रति पासपोर्ट साइजको फोटो

ङ्) जम्मा तिनजनाको साक्षीको नागरिकताको प्रतिलिपि ।

निवेदनमा रु.१०/-को टिकट

 निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने र निवेदन पेश भएको मितिले सोह्य दिनमा प्रमाण पत्र जारी गरिने

कोठा नं.3

प्र.जि.अ. र स.प्र.जि.अ.

 

 

 

घ) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धी कार्य ।

प्रशासन फाँट

यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी माग गर्दा पति वा पत्नीले हस्ताक्षर गरी निवेदन पेश गर्नुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.3

स.प्र.जि.अ. र प्र.जि.अ.

 

७.

पत्रपत्रिका र छापखाना

क) पत्रपत्रिका दर्ता गर्ने कार्य

प्रशासन फाँट

क) तोकिएको ढाँचाको निवेदन,

ख) सम्पादकको योग्यताको प्रमाण पत्र र काम गर्ने मन्जुरी पत्र,

ग) प्रकाशक/सम्पादकको नागरिकताको प्रतिलिपी,

घ) प्रकाशक संस्था भए संस्थाको छाप,प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान,प्रमाण पत्र नविकरण भएको प्रमाण,कर तिरेको प्रमाण,अडिट रिर्पोर्ट,संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपीहरु,

ड) छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि,

च) छापाखानाको प्रबन्ध पत्रको प्रतिलिपि,

छ) छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्विकृति दिएको प्रमाण पत्रको प्रतिलिपि र

ज) छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि

निवेदनमा रु.१०/- को टिकट ,दैनिक पत्रिका रु.१०००/-,अर्धसाप्ताहिक रु.७००/-,साष्ताहिक रु.५००/-,पाक्षिक रु.३००/-मासिक र अन्य पत्रपत्रिकाको लागि रु.२००/-

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ख) छापाखाना संचालन गर्ने कार्य

प्रशासन फाँट

क) छापाखाना दर्ता प्रमाण पत्रको प्रतिलिपि

ख) कुनै संस्था संचालक रहेको भए संस्थाको संचालकहरुको निर्णयको प्रतिलिपि,स्वीकृत विधानको प्रतिलिपि र व्यक्तिको भए फोटो ५/५ प्रति,

ग) मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,

घ) छापाखाना संचालन गर्नेको नागरिकता र घर जग्गाको प्रतलिपि,घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज,

ड) छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि,

च) छापाखाना रहने स्थानको नक्सा ।

निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुर

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

शरणार्थी परिचय पत्र

क) शरणार्थी परिचय पत्र नविकरण सम्बन्धी कार्य

प्रशासन फाँट

क) शरणार्थी परिचय पत्र नविकरणको लागि दरखास्त

ख) म्याद नाघी आउनेका लागि भरपर्दो र मनासिब माफिकको कारण सहित सम्बन्धित क्याम्पसको सिफारिस ।

ग) एक जिल्लाबाट जारी भएको परिचय पत्र अर्को जिल्लामा नविकरण गर्नु परेमा गृह मन्त्रालयको स्वीकृति पत्र ।

निवेदनमा रु.१०/- को टिकट र म्याद नाघेको परिचय पत्र नविकरण गर्नुपर्दा ३ वर्षसम्मको रु.१००/- र सो पछि रु.५००/- का दरले राजश्व दस्तुर

निवेदन पेश गरेकै दिन

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ख) शरणार्थी परिचय पत्र हराई सो को प्रतिलिपि लिनुपर्दा

प्रशासन फाँट

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) राष्ट्रिय स्तरको पत्रिकामा हराएको सूचना प्रकाशित गरी सो को सक्कल प्रमाण

ग) हराएको दरखास्त परेको एरियाको प्रहरी कार्यालयको पत्र

घ) शरणार्थी शिविरबाट फोटो समेत प्रमाणित गरेको पत्र

ङ) सम्बन्धित व्यक्तिको २ प्रति फोटो ।

निवेदनमा रु.१०/- को टिकट र रु.१००/-

राजश्व दस्तुर

निवेदन पेश गरेकै दिन ने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ग) शरणार्थीलाई यात्रा अनुमति सम्बन्धी कार्य

प्रशासन फाँट

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) शरणार्थी परिचय पत्रको प्रतिलिपि

ग) भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको आमन्त्रण पत्र

घ) आमन्त्रण गर्ने व्यक्तिको परिचय  खुल्ने प्रमाण पत्र

ङ) आमन्त्रण गर्ने व्यक्तिको आर्थिक स्थिति खुल्ने प्रमाण

च) नाबालक वा ३५ वर्ष उमेर नपुगेको महिलाको हकमा संरक्षणले दिएको मन्जुरीनामा

छ) सम्बन्धित शिविरको सिफारिस पत्र सक्कलै

ज) आमन्त्रण गर्ने व्यक्ति र निवेदकको सम्बन्ध खुल्ने कागज पत्र

झ) अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृति पत्र संलग्न गरी विषय र अवधि खुलेको कागज

ञ) औषधिउपचारको लागि चिकित्सक वा स्वास्थ्य संस्थाको सिफारिस पत्र

ट) आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने,खाने,आउने ,जाने ,औषधिउपचार,लगाउने मध्ये सबै वा केही )

ठ) आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने

ड) Notaray Public बाट प्रमाणित भै आउनु पर्ने वा सम्बन्धित दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र ।

निवेदनमा रु.१०/- को टिकट

निवेदन पेश गरेकै दिन ने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

हातहतियार सम्बन्धी

क) हातहतियार इजाजत सम्बन्धी कार्य

प्रशासन फाँट

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) नागरकिता प्रमाण पत्रको प्रतिलिपि

ग) निरोगिताको प्रमाण पत्र

घ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने

निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व

निवेदन परेकै दिन ।

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ख) हातहतियार नामसारी सम्बन्धी कार्य

प्रशासन फाँट

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत गर्नुपर्ने

ग) लिने व्यक्तिको निरोगिताको प्रमाण पत्र

घ) कार्यालयबाट चालचलन बुझ्नुपर्ने ।

निवेदनमा रु.१०/- को टिकट

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ग) हातहतियार नविकरण सम्बन्धी कार्य

प्रशासन फाँट

क) सम्बन्धित व्यक्तिको निवेदन

ख) इजाजत पत्रको सक्कल र प्रतिलिपि

ग) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

निवेदनमा रु.१०/- को टिकट

निवेदन परेकै दिन

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

घ) हातहतियार इजाजतको प्रतिलिपि सम्बन्धी कार्य

प्रशासन फाँट

क) सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन

ख) नागरिकता प्रमाण पत्रको प्रतिलिपि

ग) फोटो प्रमाणित सहित न.पा./गाविसको सिफारिस

निवेदनमा रु.१०/- को टिकट  र रु .५०/- राजष्व

निवेदन परेकै दिन

कोठा नं.3

प्र.जि.अ./

स.प्र.जि.अ.

 

१०

शान्ति सुरक्षा सम्बन्धी

क) शान्ति सुरक्षाको निवेदन सम्बन्धी कार्य

मुद्दा फाँट

सम्बन्धित व्यक्तिले स्पष्ट व्यहोरा खुलेको निवेदन

निवेदनमा रु.१०/- को टिकट

निवेदन परेकै दिन

कोठा नं.4

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

 

ख) गुनासो वा ठाँडो उजुरी

मुद्दा फाँट

सम्बन्धित व्यक्तिले स्पष्ट व्यहोरा खुलेको निवेदन

निवेदनमा रु.१०/- को टिकट

निवेदन परेकै दिन

कोठा नं.4

प्र.जि.अ./

स.प्र.जि.अ.

 

 

Last Updated : 2083-02-21 13:15:22

© All Rights Reserved to District Administration Office, Baitadi .